सौराहा- नेकपा (एमाले)को चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नामावली प्रस्ताव गर्ने भएका छन्।
बन्दसत्र हलले ओलीलाई यो जिम्मेवारी दिएको हो।
संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले सर्वसम्मतिले नेतृत्व चयन गर्ने प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए। शुक्रबारको अन्तिम केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्दै बन्दसत्रमा प्रस्ताव लैजाने निर्णय गरेको थियो।
त्यसपछि बन्दसत्र हलले उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको हो। अब ओलीले प्रस्ताव गर्ने नामावलीमा हलको रायअनुसार निर्णय हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।