सौराहा(चितवन)- नेकपा एमालेको दशौं महाधिवेशनका प्रतिनिधिहरुले नाराबाजी गरेका छन्। शनिबार सौराहास्थित सेभेन स्टार होटल क्षेत्रमा आयोजना हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गरेका हुन्।
प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्वका लागि दबाब दिँदै नाराबाजी गरेका हुन्। उनीहरुले नेतृत्व सर्वसम्मत हुनैपर्छ भन्दै नारा लगाइरहेका छन्।
बन्दसत्रमा २ हजार १ सय ७५ जना प्रतिनिधि हुने छन्। बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ।
बन्दसत्र सुरु हुनु अघि एमाले अध्यक्ष केपी शर्मा ओली भने आफू पक्षधर नेताहरुसँगको छलफलमा जुटेका छन्। ओलिले अहिले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतसित छलफल गरिरहेका हुन्। ओलिले अध्यक्षको उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलसित छुट्टै छलफल गर्ने तयारी गरेका छन्।
सहमतिको प्रयास जारी रहेको भन्दै बन्दसत्र १२ बजेपछिमात्र सुरु हुने नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।