complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

सर्वसम्मत नेतृत्व चयनको दिशामा एमाले, कुन नेताको व्यवस्थापन कहाँ?

64x64
नेपाल लाइभ शनिबार, मंसिर ११, २०७८  ०८:४२
1140x725
१० औं महाधिवेशनको उद्घाटनसत्रमा नेताहरु। तस्बिर: रासस

चितवन– नेकपा एमालेले १० औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सर्वसम्मत बनाउने कसरत गरेको छ। केन्द्रीय कमिटीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वृद्धि, पोलिटब्युरो ब्युँताउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा लैजाने निर्णय यही कारणले गरेको हो। 

शुक्रबार अबेर राति चितवनको सौराहामा बसेको बैठकले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। 

नेकपा एमालेको संस्थापन पक्ष, अन्तर विरोधमा दश बुँदे सहमति गरेर एमालेमै रहेको पक्ष र नेकपाको निरन्तरता भन्दै एमालेमै रहेको पूर्व माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको हो। उक्त निर्णयले सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेजनको चाहना पूरा गर्ने अपेक्षा गरिएको छ। किनकी पद बढाएर भए पनि नेताहरुको व्यवस्थापन गर्ने गरी उक्त निर्णय भएको हो। 

उक्त प्रस्ताव निर्णयार्थ केन्द्रीय कमिटीमा पेस गर्नुअघि अध्यक्ष केपी शर्मा ओली र उनी निकटस्थहरुहरुले नेताहरुका सम्भावित पदको समेत हिसाबकिताब गरेको बुझिएको छ। 

नेता योगेश भट्टराईले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने दिशामा पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयले सहज बनेको बताए।

‘मलाई लाग्छ अब सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने दिशामा अघि बढेको छ,’ उनले भने।

कसरी हुँदैछ पदाधिकारीमा व्यवस्थापन?

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्षमा केपी शर्मा ओलीका अतिरिक्त उपाध्यक्ष भीम रावलले अपेक्षा राखेका छन्। तर, ओलीले रावललाई समेत व्यवस्थापन गर्नेगरी उपाध्यक्षको संख्या बढाएको चर्चा एमालेजनमा चलेको छ।

यद्यपी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकाले उनी त्यसबाट ब्याक हुुनुपर्ने भए वरिष्ठ उपाध्यक्षका लागि दाबी गर्न सक्ने छन्। तर, अन्तिममा सर्वसम्मत गर्ने अवस्थामा रावलले उपाध्यक्षमै दोहोरिनुपर्नेछ। सवैले सहमति गर्दा रावल पर नपुग्ने आंकलन अध्यक्ष ओलीले गरेका छन्। त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य पनि दोहोरिनेछिन्।

अर्का वर्तमान उपाध्यक्ष रहेका युवराज ज्ञवाली उपाध्यक्ष नदोहोरिने भएका छन्। ज्ञवालीलाई ओलीले अनुशासन आयोगका अध्यक्ष बनाउनेगरी मनाइसकेको ओलीनिकट नेताहरु बताउँछन्। अनुशासन आयोगका प्रमुख अमृत बोहरा उमेरका कारण निरन्तर नहुने भएकाले ज्ञवालीलाई त्यहाँ लग्न खोजिएको बताइन्छ।

घनश्याम भूसाललाई उपमहासचिवबाट उपाध्यक्षमा बढुवा गरिने सम्भावना छ। उनले उम्मेदवारी पनि सोही पदमा घोषणा गरिसकेकाले व्यवस्थापनमा थप समस्या छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वरिष्ठ उपाध्यक्षको अपेक्षा गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई सकेसम्म बाहिर व्यवस्थापन गर्नेगरी मनाउने कोशिस हुनेछ। उनलाई एमालेले भविष्यमा प्राप्त गर्नसक्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्नेगरी मनाउने प्रयास ओलीले गर्नेछन्। त्यसमा नेम्वाङ राजी हुने ओलीनिकट नेताहरुको बुझाइ छ। 

पूर्व माओवादी केन्द्रबाट एमालेमै रहेका नेता रामबहादुर थापा बादलले पनि उपाध्यक्षको जिम्मेवारी पाउने निश्चित जस्तै बनेको छ।

महासचिवमा  विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गरेका छन्। तीमध्ये दुईजनाले उपाध्यक्षको जिम्मेवारी पाउने सम्भावना देखिएको छ। अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनीनिकटस्थ नेताहरुले महासचिवको जिम्मेवारी पोखरेललाई दिन तीव्र दबाब दिइरहेको बुझिएको छ। 

उपमहासचिव कसलाई?

केन्द्रीय कमिटीले थप दुई उपमहासचिव पद थपेको छ। यसले सचिवबाट कुनैपनि मूल्यमा बढुवा हुन चाहने नेताहरुको व्यवस्थापनमा सहज हुनेछ। 

उपमहासचिवमा ओली निकटबाट सचिव प्रदीप ज्ञवाली पक्कापक्की जस्तै छन्। अन्य दुई पदमध्ये एकमा गोकर्ण विष्टको सम्भावना प्रबल देखिन्छ। नवौं महाधिवेशनमा सचिवमा सवैभन्दा बढी मत ल्याएर जितेको मात्रै नभइ एमाले अन्तरसंघर्षमा माधव नेपाल छाडेर सहमतिमा सक्रिय भएका कारण विष्टलाई उपमहासचिव बनाउने सम्भावना बढी छ।

महासचिवमै उठ्ने दाबी गरेका पृथ्वी सुब्बा गुरुङ र उपमहासचिवको दावी गरिरहेकी बिन्दा पाण्डेमध्ये एक उपमहासचिवमा व्यवस्थापन हुनेछन्। माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र लेखराज भट्टले पनि उक्त पदको चाहना राख्नेछन्। 

तर, उनीहरुमध्ये एकलाई सचिवमा र अर्कोलाई स्थायी कमिटीमा राख्न सक्ने सम्भावना प्रबल छ। सचिवमा योगेश भट्टराईले दोहोर्‍याउने घोषणा गरिसकेका छन्। तर, पद बढ्दा माथि उक्लिने आशा उनले गरेपनि आकांक्षीको लहरका कारण कुरा फेरेर मुख खोल्न उनलाई सकस छ। अर्का सचिव भीम आचार्यले आफ्नो पदका विषयमा मुख नै खोलेका छैनन्। एकता प्रक्रियामा आएका कारण छोटो अवधिका लागि मात्रै भएपनि उनलाई मुख्यमन्त्री बनाइसकेकाले त्यही पद दोहोर्‍याउन दबाब परेको छ। 

बाँकी सचिवका पदमा समावेशी बनाउने प्रयास गरिनेछ। महिलाहरु कम्तिमा दुईजना समेट्न चर्को लबिङ छ। त्यसो हुँदा डा शिवमाया तुम्वाहाङ्फे, बिन्दा पाण्डे र पद्मा अर्याल मध्यबाट छनोट गरिनेछ। 

एमाले कार्यालय सचिव रहेर काम गरिरहेका शेरबहादुर तामाङको सचिवमा बढुवा पक्कापक्की जस्तै छ। आदिबासी जनजाती समूहबाट भावी पुस्ताका नेताका रुपमा अघि बढाउन ओलीले दिएको वचनसमेत उनलाई सचिव बनाएर पूरा गर्न सक्छन्। समावेशी पनि बनाउनुपर्ने भएकाले तामाङको बढुवा सुरक्षित छ। 

सचिवमा ओलीनिकट नेताहरु महेश बस्नेत, खगराज अधिकारी, भानुभक्त ढकाल, कर्ण थापालगायतले पनि उम्मेदवारी घोषणा गरेका छन्। तर, यी नामहरुमध्ये दुईजना जति सचिवमा आउनसक्ने बताइएको छ। 

दुई कार्यकालको सीमा हटाउनुको कारण के?

एमालेले विधानमा दुई कार्यकाल भन्दा बढी एउटै पदमा दोहोरिन नपाउने प्रावधान राखेको थियो। त्यो हटाउने निर्णय केन्द्रीय कमिटीले गरेको छ। कतिपयले यसलाई ईश्वर पोखरेललाई महासचिवमै दोहोर्‍याउने रणनीतिका रुपमा बुझेका छन्। 

तर, त्यस्तो नभइ कतिपय आयोगका अध्यक्षलाई त्यही पदमा तेहर्‍याउन  यस्तो व्यवस्था गरिएको केन्द्रीय कमिटीका एक सदस्यले जानकारी दिए। उनका अनुसार केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेललाई फेरि अध्यक्षको जिम्मेवारी दिने चाहना ओलीको छ। उनी दुई कार्यकाल अध्यक्ष भइसकेका छन्। त्यसैले विधान संशोधन गरेर उक्त समयसीमा हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पास गरेको हो। 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०८:४२
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्