चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र मध्यान्ह १२ बजेपछि मात्रै सुरु हुने भएको छ।
बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र २ घन्टा ढिला गरि सुरु हुने भएको हो।
बन्दसत्र सुरु हुनु अघि अहिले अध्यक्ष केपी शर्मा ओलि आफू निकटका नेताहरूसित छलफल जुटेका छन्।
ओलिले अहिले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतसित छलफल गरिरहेका हुन्। ओलिले अध्यक्षको उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलसित छुट्टै छलफल गर्ने तयारी गरेका छन्।
सौराहास्थित होटल सेभेन स्टार परिसमा हुने बन्दसत्रमा सहभागी हुन प्रतिनिधिहरु भने परिसर क्षेत्रमा पुगिसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।