• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश

64x64
ज्ञानेन्द्र विवश शनिबार, मंसिर १८, २०७८  १८:२५
1140x725
चित्रकलामा व्यस्त स्व. ज्ञानकर बज्राचार्य।

कलाकार ज्ञानकर बज्राचार्य पौभाचित्रमा एकजना अग्रणि व्यक्तित्व थिए। २०७३ साल फागुन १३ गते ६२ वर्षको अल्पायुमै उनको स्वर्गारोहण भयो।

उनी नेपाली पौभा चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाउन सफल चित्रकार हुन्। शान्त स्वभावका उनी बिहानदेखि बेलुकासम्म आफ्नो पसलमा बसेर विभिन्न देवीदेवताका चित्र बनाइरहन्थे। उनी तान्त्रिक देवताको प्रतिमा लक्षणका ज्ञाता थिए। 

लामो समय मधुमेह र उच्च रक्तचापबाट पीडित भए। मृत्यु हुनुअघि एक महिना अस्पतालमा बसेर उपचार गरे। तर, घर फर्किएको एक हप्तामा नै उनको देहान्त भयो।

अहिले यी कलाकारको पार्थिक शरीर यो संसारमा छैन। तर, भावी पुस्ताका लागि उनले धेरै उच्चस्तरीय कलाकृतिहरू छोडेर गएका छन्। उनका ती कलाकृति अहिले र भावि पुस्ताका लागि अमूल्य सम्पदा हुन्।

पौभाकलाका हस्ती मानिने ज्ञानकरको निधन हुनु केही महिनाअघि ‘बुद्धिस्ट आर्ट ग्यालरी’ ले उनको कलायात्रा विषयक चर्चा र प्रदर्शनी गरेको थियो। ‘नेपाल ललितकला पत्रकार समाज’ ले पनि ‘कलाका कुरा’ मार्फत् छलफल गरेको थियो। ती छलफलमा उनको योगदानको चर्चा भएको थियो।

पुरानो पुस्ताको नेपाली कलाको मौलिकता बोकेको तर नयाँ पुस्ताले बिर्सन थालेको पौभाकला बचाउने ध्याउन्नमा थिए कलाकार ज्ञानकर बज्राचार्य। उनी प्राचीन सहर भक्तपुरको पुख्र्यौली घर साःकोथा, लायकुमा बस्थे। उनको बाल्यकाल सोही टोलस्थित चतुरवर्ण महाविहारको चोक र दरबारक्षेत्रमा बितेको हो। उनका मावली बाजे ज्ञानबज्र बज्राचार्यको प्रभाव र प्रेरणाले चित्रकलामा लागे। उहिलेदेखि मृत्यु पर्यन्त त्यही थाँतथलोमा बसेर आफ्नो परम्परागत कलासंस्कृतिको बचाऊ अभियानमा जुटिरहे।

त्यस्तै उनी केही वर्षदेखि एक चित्रपुस्तक प्रकाशनको तयारीमा पनि थिए। उक्त पुस्तकमा नेवार संस्कारमा सबैभन्दा बढी पुजिने गणेशको २५० भन्दा बढी चित्र भिन्न–भिन्न मुद्रामा कोरिने उनले बताएका थिए। त्यसका लागि २०० भन्दा बढी अवस्थितिका गणेश–आकृतिलाई पूर्ण स्वरूप प्रदान गरिसकेका थिए।

अनौठो आकृति–स्वरूपको गणेशका रूप उनले उपत्यकाका विभिन्न मठमन्दिरबाट खोजेका थिए। उनले भनेका थिए, ‘उपत्यकाका तीनवटै जिल्लाका मठमन्दिरका मूर्ति, तोरण, भित्तेचित्र आदिमा अनौठो किसिमका गणेशका विविध आकृतिले मलाई यसको खोजीतिर डोर्‍यायो। लगभग तीन वर्षको अध्ययन र अनुसन्धानले गणेशका बहुआयामिक स्वरूप चित्रात्मक रूपमा उतार्न सकें। तर, यो काम अझै पूरा भएको म मान्दिनँ। मैले भेटे जति प्रत्येक गणेशका आकार–प्रकारमा केही न केही भिन्नता पाइन्छ। तिनको अवस्था–आकृति पनि अनौठो र चाखलाग्दो छ।’

Ncell 2
Ncell 2
nimb
nimb

गणेशका ती अनेक अनौठा रूपलाई उनले ढुङ्गा, काठ, धातु, सुनजलप, पुरानो ठ्यासफु, मन्दिरका चोक, व्यक्तिगत सङ्ग्रह आदिमा रहेका गणेशलाई अध्ययन गरेर उतारेका छन्। उनको अध्ययनमा उपत्यकाका गणेशहरू २५ किसिमका छन्। दुई हातदेखि १६ हातसम्म, एउटा टाउकोदेखि पाँच वटा टाउकोसम्मका गणेश फेला पारेका छन्। हातमा कुनै वस्त्र नलिएका र कुनै आयुधहरूले युक्त नभएका गणेश पनि भेटिएका छन्। अधिकांश गणेश बाहन मुसामाथि बसेका हुन्छन्। तर, उनले केही गणेश बेताल तथा मयुर आसनमाथि रहेको, नाग वा सिंहमाथि बसेको पनि पाएका छन्।

कलाकार ज्ञानकरले बनाउने चित्र परम्परागत किसिमका हुन्। तिनलाई नेवार पौभाकलाको स्थानमा राख्न सकिन्छ। उनले पंक्तिकारसँगको भेटमा भनेका थिए– ‘पौभाकलामा पनि रेखाचित्रको ठूलो भूमिका हुन्छ। नेवारी सभ्यता र संस्कृतिको सचित्र व्याख्या हो पौभा। मन्दिरका मूर्ति जस्ताको तस्तै उतारी तिनको शास्त्रीय मान्यतालाई पनि चित्रमा दर्शाउने काम यसमा हुन्छ। यसका एक–एक बुट्टा र धर्काका अर्थ छन्।’ 

पुरेत्याइँ छाडेर केटौले उमेरमै देखेको भरमा पौभा बनाउन सिकेका उनले पाँच सयभन्दा बढी चित्रहरूको रचना गरेका छन्। जानेको कुरो अर्कालाई नसिकाउने ‘बूढाहरूको पारा’ले गर्दा सुरूआती दिनमा आफूलाई पौभाकला सिक्न धेरै गाह्रो परेको उनी सुनाउँथे। तर, आज समय र परिस्थिति धेरै बदलिइसकेको बताउँदै पौभाकलाको भविष्य राम्रो भएको विश्वास व्यक्त गर्थे।

परम्परालाई आधारमा बनाइने कला पौभा हो। आफूले देखेका वा कुनै दृश्यलाई आधार लिएर बनाउनु चित्रकला हो। तर यस चित्रमा लेखिने तरिका र ढङ्ग फरक हुन्छ। वास्तवमा पौभाकला परम्परागत रूपमा लेखिने कला हो भने चित्र आधुनिक रूपमा लेखिने कला हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस किसिमको कलामा प्रतीकचिन्हहरूको पनि ठूलो स्थान हुने उनी बताउँथे। जस्तै– गणेशको स्वस्तिक, कुमारको षट्कोण, नारायण र सरस्वतीको श्रीवत्स, शिवको त्रिशूल आदि। कुनै पनि विधा, शैली तथा विषयमा बनाइने कलामा रङको सर्वोपरी महत्व हुने उनको धारणा थियो। उनी रङलाई कलाको प्राण बताउँथे।

परम्परागत नेवार शैलीको पौभाचित्र धेरै पुरानो भएको दाबी उनको थियो। कति पुरानो हो भन्ने कुरा चित्रमा प्रयोग गरिएका गरगहनाको अध्ययनबाट ज्ञात हुन्छ। चित्रमा बनाइएका मुकुट, कुण्डल, क्रित, मालाहरू आदि हेरेर कति शताब्दी पुरानो हो भन्ने थाहा हुने उनी बताउँथे। उनी नेवार लिपिका लगभग धेरै अक्षर लेख्न र पढ्न पनि सक्थे।

उनले चार दशकदेखि भक्तपुरमा पौभाकलाको पसल चलाए। ज्ञानकरका सिर्जना पर्यटकमार्फत् विभिन्न मुलुकसम्म पुगेका छन्। तिनले नेपाली परम्परागत कलाको पहिचान फैल्याउन ठूलो मद्दत गरेको थियो। उनी पनि पसलमा बसेर दिनभरि नै चित्र बनाउँथे। उनले बनाउने मुख्य कला ‘तुला पौ’ हो। यो कलालाई विदेशीहरूले निकै मन पराउने गरेको उनी बताउँथे। 

‘तुला पौ’बारे उनले यसरी जानकारी दिएका थिए– ‘बटारेर राखिने किसिमको पत्रलाई तुला पौ भनिन्छ। लामो आकारको भएकोले यस्तो चित्रलाई बेरेर राख्ने गरिन्छ। यो चित्र क्यानभासमा बनाइन्छ। यसको प्राचीन रूप चिना, ताम्रापत्र आदि हुन्। यसमा बनाइने चित्रहरूमा बोधिसत्व, गणेश, अष्टमातृका, अष्टगणेश, दशदिक्पाल आदिका चित्र हुन्छन्। यी चित्रमा मैले प्रायः फेब्रिक रङको प्रयोग गर्छु।’ 

‘अर्डरकै काम भ्याई नभ्याई छ,’ उनी कामको चापबारे सुनाउँथे। कुनै समय पौभा बनाउने धेरै कलाकार बस्ने भक्तपुरमा केही समयअघि दुई/चार जना मात्रै थिए। तर, आज त्यसमा वृद्धि भइसकेको छ। 

उनी भक्तपुरमा केही वर्षअघि स्थापना गरिएको पौभा कलाकारको ‘ख्वप पौभा च्वमिः पुच’ नामक संस्थाले यसक्षेत्रमा संलग्नहरूलाई प्रोत्साहित गर्ने काम गरिरहेकोमा खुसी थिए। उनको विचारमा आजभोलि पश्चिमीशैली र आधुनिकशैलीका पौभाकला पनि भित्रिएका छन्। त्यसले गर्दा यसक्षेत्रमा विकृति आइरहेको बताउँथे। उनले भनेका थिए– ‘हामीले सर्वप्रथम आफ्नो मौलिकतालाई बचाउनु आवश्यक छ। त्यही भएर पुराना कालको सिर्जनात्मक पक्ष र यसको महत्वलाई बचाएर राख्न सो संस्थामार्फत् काम थालनी गरिएको हो। मुख्य कुरा हामीले परम्परागत कलामा हाम्रो पुरानो विधिलाई बिर्सिनु हुँदैन। पुरानो विधिमा नयाँपन दिएर परम्परालाई यथावत राख्नुपर्छ भन्ने मेरो मान्यता छ।’

उनले यस किसिमको परम्परागत कलामा काम गर्न थालेको १० वर्षकै उमेरदेखि हो। यस हिसाबले आधा शताब्दीदेखि नै उनी परम्परागत पौभाकलाको सिर्जनात्मक फाँटमा अविच्छिन्न संलग्न थिए। यसका लागि उनले कुनै गुरू कहाँ गएर सिकेनन्। कुनै विद्यालय वा कुनै प्रशिक्षण अथवा तालिममा पनि भाग लिएनन्। यी सबै प्राप्ति उनको स्वाध्ययनका उपलब्धि हुन्। निरन्तरको सिर्जना र साधनाका सफलता हुन्।

यस्ता अग्रज कलाकार ज्ञानकर बज्राचार्यप्रति हार्दिक श्रद्धा सुमन।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्