• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?

64x64
ज्ञानेन्द्र विवश शनिबार, कात्तिक २७, २०७८  १७:४४
1140x725

लैनसिंह बाङ्देल, नेपाली साहित्य र कलाक्षेत्रका एकजना अगुवा सर्जक। उपन्यास लेखन, चित्रकला सिर्जना, कला अन्वेषण र कलासम्बन्धी लेखनमा उनको ठूलो योगदान छ। १९८१ साल पुस ६ गते दार्जीलिङमा जन्मेर २०५९ असोज २९ गते ललितपुर, सानेपामा दिवङ्‍गत भएका बाङ्देलको मृत्युपछि यो क्षेत्रले उनको अभाव सधैँ महसुस गरिरहेको छ।

सधैँ अरूले नदेखेका र नभेटेका कुराको खोजीमा तल्लीन रहन रूचाउने उनले आफ्नो सिर्जनशीलतालाई कहिल्यै विश्राम दिएनन्। बरू, आफैं सिक्दै र अरूलाई सिकाउँदै उनी सदा सक्रिय भइरहे। जाँगरिलो स्वभावकै कारण उनले साहित्य, कला र कला अन्वेषणका क्षेत्रमा एकपछि अर्को सफलता पनि पाए।

जन्म परदेशमा भए पनि आफ्नो पुर्ख्यौली थलो, नेपालमै आएर उनले यहीँ आफ्नो पसिना बगाए। नेपालले पनि उनको योगदानको राम्रै सम्मान गर्‍यो। तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य, उपकुलपति हुँदै दुईचोटि कुलपति हुने सौभाग्यसमेत पाए, उनले। विश्वप्रसिद्ध कवि, लेखक, कलाकार आदिसँग सङ्‍गत गरे। तिनका कतिपय असल गुण ग्रहण पनि गरे। 

साहित्यका माध्यमबाट होस् या आधुनिक कला सिर्जनामार्फत्, अथवा नेपाली मूर्तिकलाको इतिहास लेखेरै किन नहोस्, लैनसिंह बाङ्देलले आफ्नो छोटो जीवनकालमा हाम्रा लागि ठूलो योगदान पुर्‍याएका छन्। नेपाली कला संसारका उनी एक महान् प्रतिभा थिए भन्दा फरक पर्दैन। उनको असामयिक अवसानले यो क्षेत्र एकखाले रिक्तता छाएको छ। त्यसलाई पूर्ति गर्न सम्भवत: हामीले लामो समय कुर्नुपर्ने हुनसक्छ।

तर, मृत्युपछि बिरानो
लैनसिंह बाङ्देल आफ्नो जीवनकालमा ‘भाग्यमानी’ बने। तर, एउटा अनौठोचाहिँ मृत्युपछि उनी ‘अभागी’ जस्तै बन्न पुगेका छन्। बाँचिरहेका भए कम्तीमा उनले अतिथिको सम्मान हुने निम्तो पाउँथे सायद। विनापैसाको सम्मान नै सही, मान्छेले सम्झनासम्म त राख्थे! अब त बाङ्देल बिरानो बनिसके। दु:खका साथ भन्नुपर्छ, बाङ्देलको परिचय खोज्नुपर्ने र बाङ्देललाई चिनाउन पर्ने दिन आउन थालेका छन्।

प्रथमत: बाङ्देलको नाम आधुनिक नेपाली कलाको इतिहासमा एउटा प्रभावशाली जिउँदो स्तम्भका रूपमा स्थापित छ। उनकै भनाइमा पनि चित्रकलामा ‘रङक्रान्ति’को आन्दोलन गराउने उनी आफैंमा एक संस्था थिए।

बाङ्देल भन्थे- ‘साहित्यमा मैले पसिना नबगाए पनि बगाउने अरू धेरै छन्। मेरो सिर्जनाविना साहित्य अधुरो हुँदैन तर, कलाक्षेत्रमा र ऐतिहासिक कलाको खोज अनुसन्धानमा म लागिनँ भने धेरै कुरा गुमिसक्छ। यता लाग्ने मान्छे धेरै कम छन्। त्यही भएर म कलाक्षेत्रमै गहिरिँदै गएको छु।’

वरिष्ठ कलाशिल्पी बाङ्देलका यिनै भनाइबाट उनले फेरि उपन्यास लेखनमा चासो नदिएको पुष्टि हुन्छ। हुन पनि, उनले मुलुकबाहिर, माइतघर, लङ्‍गडाको साथी, रेम्ब्रान्टजस्ता मौलिक सामाजिक उपन्यासबाटै ठूलो ख्याति आर्जन गरेका थिए। त्यसपछि उनी कलासिर्जना, साधना एवम् कला अनुसन्धानमा संलग्न रहे। कलाका साथै उनका कलापुस्तकहरू पनि प्रशस्त प्रकाशित छन्। उनले लेखेको ‘स्टोलन इमेज अफ नेपाल’ पुस्तकबाट विदेश पुगेका कैयौँ प्राचीन मूर्तिहरू स्वदेश फिर्ता भएका छन्। र, उनले लेखेका प्राचीन नेपाली कलाको इतिहास अमेरिका र युरोपमासमेत पढाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रथमत: बाङ्देलको नाम आधुनिक नेपाली कलाको इतिहासमा एउटा प्रभावशाली जिउँदो स्तम्भका रूपमा स्थापित छ। उनकै भनाइमा पनि चित्रकलामा ‘रङक्रान्ति’को आन्दोलन गराउने उनी आफैंमा एक संस्था थिए। नेपालमा आधुनिक कलाको सिलसिलाबद्ध प्रारम्भ र निरन्तरता उनकै नेपाल आगमनपश्चात् भएको हो। तर, उनीभन्दा अघि नेपालमा गेहेन्द्रमान अमात्य, उर्मिला उपाध्याय आदिले पनि आधुनिक शैलीका काम र प्रदर्शनी गरेका थिए।

२०१८ सालपछि बाङ्देलले अमूर्त शैलीका चित्र क्यानभासबाट अन्तर्राष्ट्रिय सिर्जना प्रस्तुत गरे। यस्तो अमूर्तचित्र वा आकृतिविहीन चित्रपटमा रङसंयोजन र सन्तुलन कुशल कलाशिल्पीको परिचायक हो। रङको मीठो सौन्दर्य र त्यसको प्रयोग विधिमा परिपक्‍व कलाकारी साधना झल्किन्छ। अमूर्तकलाका अग्रज हस्ती मानिने बाङ्देलले युरोपीय चित्रकलाको पनि अध्ययन गरे।

बाङ्देलको चित्र।


कलाको महानगर भनिने पेरिसमा रहँदा उनले विश्वप्रसिद्ध कलाकार पिकासोलाई भेट्ने मौका पाएका थिए। पिकासोले बनाएका चित्रसँग घर साट्न आउनेहरू पनि थिए। पिकासोको चित्रकारिताबाट बाङ्देल धेरै प्रभावित थिए। त्यतिबेलादेखि नै उनी कुराभन्दा काम गर्नपट्टि लागे।

पेरिस छाडेर लण्डन आएपछि उनको कला अध्यायमा अर्को नयाँ आयाम थपियो। प्रकृतिलाई हेरेर कलाकार सेंजाले त्यसको नक्कल नगरी केवल सीधा रेखाहरूले चित्रण गर्दा मात्र पनि त्यसमा कलात्मक सिर्जना हुनसक्छ भन्ने सिद्धान्तमा काम गरेका थिए। यसै सिद्धान्तलाई लिएर ब्राक र पिकासोले ५० वर्ष पहिल्यै घनवादलाई जन्माइसकेका थिए।

बाङ्देलसामु त्यसभन्दा अगाडि बढेर कुन शैली खडा गर्ने भन्ने प्रश्न खडा भएको थियो। त्यही बेलादेखि अमूर्त कलातिर उनको रूचि जाग्यो। यद्यपि, आफ्नो परम्परालाई छाडेर अर्को नयाँ परम्परा बसाल्न गहिरो आत्मचिन्तन र अभ्यासको जरुरत पर्थ्यो। उनले यही अनुभव गरे। त्यही नयाँ बाटो खोज्ने क्रममा उनले लण्डनका कला संग्रहालय र आर्ट ग्यालरीहरू चहार्न थाले। उनको ध्यान आफूले सिकेका सबै शैली छोडेर अर्कै नयाँ अमूर्त संसारको खोजीमा लाग्न पुग्यो। त्यतिबेलाका उनका कलाकृति प्रकृतिको बाहिरी रूपभन्दा बढी भित्री स्वरूप विम्बमा उत्रिन थाले। तर, पछिल्ला चरणमा अमूर्त शैलीबाट उनको कलायात्रा आकृतिप्रधान चित्रतिर फर्कियो।

तीन पटक बिहे
बाङ्देलका बाबु रङ्‍गलाल पढाइको सिलसिलामा दार्जीलिङ पुगेका थिए। बाङ्देलको पुर्ख्यौली घर खोटाङको रावाखोलास्थित बाङ्देल गाउँ हो। तर, पितापुर्खाको यो भूमिमा भने उनले पाइला टेक्न सकेनन्। दार्जीलिङमा जन्मे पनि उनको शिक्षा कोलकत्ता हुँदै पेरिस र लण्डनसम्म पुग्यो। त्यसपछि उनले नेपाललाई कर्मभूमि बनाए।

साहित्य, चित्रकला र कला अन्वेषणका बहुमुखी व्यक्तित्व बाङ्देलले कलाकारितामा लागेर नयाँ-नयाँ शैली, वाद र सिद्धान्तहरूलाई पचाइसकेका थिए। संवेदनशील र सौन्दर्यपूर्ण चित्र रचनामा अनुभवी कला साधकले ‘नेपाली आइमाई’ तथा ‘आमा र बच्चा’ श‍ृङ्खलामा प्रशस्त चित्र बनाइ प्रदर्शनीसमेत गरेका थिए।

बाङ्देलले दार्जीलिङकी मनकुमारी थापासँग पेरिसमा पुगेर प्रेम विवाह गरे। उनले श्रीमती थापासँग पेरिस, लण्डन र फेरि घरमा तीनपटक बिहे गरेका थिए। घरमा आमाको आज्ञानुसार परम्परागत बिहे भएको थियो।

कोलकत्ताबाट उनी पेरिस प्रस्थान हुनुको पनि आफ्नै प्रतिभाको भूमिका छ। २००८ सालमा कोलकत्तामा ‘कला र उद्योग’ नामक भारतव्यापी कला प्रदर्शनी भयो। त्यस प्रदर्शनीमा उनले सातवटा पुरस्कार पाए। त्यही पुरस्कारको राशिले उनले पेरिसमा गएर कलाको उच्च अध्ययन गर्ने सपना साकार पारेका थिए। पेरिस पुगेपछि एक वर्ष त चित्रकला हेर्दै र ग्यालरीहरू घुम्दै बिताएका थिए। कलाको संसारमा पसेर के सिक्ने, कस्तो चित्र बनाउने, उनले सोच्‍नै सकेनन्।

त्यसो त २००५ सालतिर कोलकत्तामै रहँदा सत्यजित राय, सुभाष गाँगुली, चितानन्ददास गुप्तजस्ता लेखक, कवि, कलाकार एवम् चलचित्र निर्देशकसँग उनको सङ्‍गत भएको थियो। त्यसैबेला उनले ‘प्रभात’ नामको साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका थिए।

बाङ्देलको पहिलो कला प्रदर्शनी २०१४ सालमा फ्रान्सको पेरिस र जर्मनीको स्टुडगार्डमा भएको थियो। त्यसबाहेक स्वदेश र विदेशमा थुप्रैपटक उनका एकल कला प्रदर्शनी पनि भए। उनले कला, साहित्यमा गरेको योगदानको कदरसहित वीरेन्द्र स्वर्ण कला पदक (२०२२), सरस्वती पुरस्कार (२०५२), भूपालमानसिंह कार्की पुरस्कार (२०५४), पृथ्वी प्रज्ञा पुरस्कार (२०५५) प्रदान गरिएको थियो। बाङ्देलले ‘रोमको एउटा फूल र प्यारिसको एउटा काँडा’ शीर्षक यात्रासंस्मरण कृतिमा उत्तम-शान्ति पुरस्कार (२०५८) पाएका थिए। यसका अतिरिक्त उनी धेरै संस्थाबाट सम्मानित थिए।

बाङ्देलको चित्र।

उनी आफैंले पिताजीको स्मृतिमा ‘रङ्‍गलाल बाङ्देल कला पुरस्कार’को स्थापना गरेर कला प्रदर्शनी र पुरस्कार पनि वितरण गरेका थिए। तर, त्यो एक पटक आयोजना भएपछि फेरि अघि बढ्न सकेन। त्यस्तै, केही वर्ष अमेरिकाको डेनिसन र हार्बर्ड विश्वविद्यालयमा अतिथि प्राध्यापकको कार्यसमेत उनले सम्हाल्ने अवसर पाए। पछि उनी न्यू आर्ट सर्कल (२०४८) नामको ललितकला संस्थाको संरक्षक भए।

साहित्य, चित्रकला र कला अन्वेषणका बहुमुखी व्यक्तित्व बाङ्देलले कलाकारितामा लागेर नयाँ-नयाँ शैली, वाद र सिद्धान्तहरूलाई पचाइसकेका थिए। संवेदनशील र सौन्दर्यपूर्ण चित्र रचनामा अनुभवी कला साधकले ‘नेपाली आइमाई’ तथा ‘आमा र बच्चा’ श‍ृङ्खलामा प्रशस्त चित्र बनाइ प्रदर्शनीसमेत गरेका थिए।

बाङ्देलको निधनपछि ‘मुलुक बाहिर म’ शीर्षकमा उनको जीवनका विभिन्न पक्षमाथि लेखिएको दैनिकी शैलीको पुस्तकसमेत प्रकाशित भएको छ। उनकी एकमात्र छोरी डा. डिना बाङ्देल पनि बुबाकै बिँडो थाम्न सक्रिय थिइन्। दु:खको कुरा, उनको पनि दुई वर्षअघि मृत्यु भएपछि अब बाङ्देलको पुस्ता नै समाप्त भएको छ।

जीवनको उत्तरार्द्धमा पनि उत्तिकै सक्रिय र क्रियाशील बाङ्देल अझै अरूले नदेखेका र नभेटेका कुरा दिन प्रयत्नशील थिए। कलामा नयाँ कुरा सिक्ने, बुझ्ने र बुझाउने कार्यमा पनि उनी अल्छी नमानी समयको महत्व बुझेर काम गर्थे, अरूलाई पनि आफ्नो सिको सिकाउँथे। यही अभाव हामीमाझ सँधै खट्किइरहनेछ।

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्