• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?

64x64
ज्ञानेन्द्र विवश शनिबार, कात्तिक २७, २०७८  १७:४४
1140x725

लैनसिंह बाङ्देल, नेपाली साहित्य र कलाक्षेत्रका एकजना अगुवा सर्जक। उपन्यास लेखन, चित्रकला सिर्जना, कला अन्वेषण र कलासम्बन्धी लेखनमा उनको ठूलो योगदान छ। १९८१ साल पुस ६ गते दार्जीलिङमा जन्मेर २०५९ असोज २९ गते ललितपुर, सानेपामा दिवङ्‍गत भएका बाङ्देलको मृत्युपछि यो क्षेत्रले उनको अभाव सधैँ महसुस गरिरहेको छ।

सधैँ अरूले नदेखेका र नभेटेका कुराको खोजीमा तल्लीन रहन रूचाउने उनले आफ्नो सिर्जनशीलतालाई कहिल्यै विश्राम दिएनन्। बरू, आफैं सिक्दै र अरूलाई सिकाउँदै उनी सदा सक्रिय भइरहे। जाँगरिलो स्वभावकै कारण उनले साहित्य, कला र कला अन्वेषणका क्षेत्रमा एकपछि अर्को सफलता पनि पाए।

जन्म परदेशमा भए पनि आफ्नो पुर्ख्यौली थलो, नेपालमै आएर उनले यहीँ आफ्नो पसिना बगाए। नेपालले पनि उनको योगदानको राम्रै सम्मान गर्‍यो। तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य, उपकुलपति हुँदै दुईचोटि कुलपति हुने सौभाग्यसमेत पाए, उनले। विश्वप्रसिद्ध कवि, लेखक, कलाकार आदिसँग सङ्‍गत गरे। तिनका कतिपय असल गुण ग्रहण पनि गरे। 

साहित्यका माध्यमबाट होस् या आधुनिक कला सिर्जनामार्फत्, अथवा नेपाली मूर्तिकलाको इतिहास लेखेरै किन नहोस्, लैनसिंह बाङ्देलले आफ्नो छोटो जीवनकालमा हाम्रा लागि ठूलो योगदान पुर्‍याएका छन्। नेपाली कला संसारका उनी एक महान् प्रतिभा थिए भन्दा फरक पर्दैन। उनको असामयिक अवसानले यो क्षेत्र एकखाले रिक्तता छाएको छ। त्यसलाई पूर्ति गर्न सम्भवत: हामीले लामो समय कुर्नुपर्ने हुनसक्छ।

तर, मृत्युपछि बिरानो
लैनसिंह बाङ्देल आफ्नो जीवनकालमा ‘भाग्यमानी’ बने। तर, एउटा अनौठोचाहिँ मृत्युपछि उनी ‘अभागी’ जस्तै बन्न पुगेका छन्। बाँचिरहेका भए कम्तीमा उनले अतिथिको सम्मान हुने निम्तो पाउँथे सायद। विनापैसाको सम्मान नै सही, मान्छेले सम्झनासम्म त राख्थे! अब त बाङ्देल बिरानो बनिसके। दु:खका साथ भन्नुपर्छ, बाङ्देलको परिचय खोज्नुपर्ने र बाङ्देललाई चिनाउन पर्ने दिन आउन थालेका छन्।

प्रथमत: बाङ्देलको नाम आधुनिक नेपाली कलाको इतिहासमा एउटा प्रभावशाली जिउँदो स्तम्भका रूपमा स्थापित छ। उनकै भनाइमा पनि चित्रकलामा ‘रङक्रान्ति’को आन्दोलन गराउने उनी आफैंमा एक संस्था थिए।

बाङ्देल भन्थे- ‘साहित्यमा मैले पसिना नबगाए पनि बगाउने अरू धेरै छन्। मेरो सिर्जनाविना साहित्य अधुरो हुँदैन तर, कलाक्षेत्रमा र ऐतिहासिक कलाको खोज अनुसन्धानमा म लागिनँ भने धेरै कुरा गुमिसक्छ। यता लाग्ने मान्छे धेरै कम छन्। त्यही भएर म कलाक्षेत्रमै गहिरिँदै गएको छु।’

वरिष्ठ कलाशिल्पी बाङ्देलका यिनै भनाइबाट उनले फेरि उपन्यास लेखनमा चासो नदिएको पुष्टि हुन्छ। हुन पनि, उनले मुलुकबाहिर, माइतघर, लङ्‍गडाको साथी, रेम्ब्रान्टजस्ता मौलिक सामाजिक उपन्यासबाटै ठूलो ख्याति आर्जन गरेका थिए। त्यसपछि उनी कलासिर्जना, साधना एवम् कला अनुसन्धानमा संलग्न रहे। कलाका साथै उनका कलापुस्तकहरू पनि प्रशस्त प्रकाशित छन्। उनले लेखेको ‘स्टोलन इमेज अफ नेपाल’ पुस्तकबाट विदेश पुगेका कैयौँ प्राचीन मूर्तिहरू स्वदेश फिर्ता भएका छन्। र, उनले लेखेका प्राचीन नेपाली कलाको इतिहास अमेरिका र युरोपमासमेत पढाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रथमत: बाङ्देलको नाम आधुनिक नेपाली कलाको इतिहासमा एउटा प्रभावशाली जिउँदो स्तम्भका रूपमा स्थापित छ। उनकै भनाइमा पनि चित्रकलामा ‘रङक्रान्ति’को आन्दोलन गराउने उनी आफैंमा एक संस्था थिए। नेपालमा आधुनिक कलाको सिलसिलाबद्ध प्रारम्भ र निरन्तरता उनकै नेपाल आगमनपश्चात् भएको हो। तर, उनीभन्दा अघि नेपालमा गेहेन्द्रमान अमात्य, उर्मिला उपाध्याय आदिले पनि आधुनिक शैलीका काम र प्रदर्शनी गरेका थिए।

२०१८ सालपछि बाङ्देलले अमूर्त शैलीका चित्र क्यानभासबाट अन्तर्राष्ट्रिय सिर्जना प्रस्तुत गरे। यस्तो अमूर्तचित्र वा आकृतिविहीन चित्रपटमा रङसंयोजन र सन्तुलन कुशल कलाशिल्पीको परिचायक हो। रङको मीठो सौन्दर्य र त्यसको प्रयोग विधिमा परिपक्‍व कलाकारी साधना झल्किन्छ। अमूर्तकलाका अग्रज हस्ती मानिने बाङ्देलले युरोपीय चित्रकलाको पनि अध्ययन गरे।

बाङ्देलको चित्र।


कलाको महानगर भनिने पेरिसमा रहँदा उनले विश्वप्रसिद्ध कलाकार पिकासोलाई भेट्ने मौका पाएका थिए। पिकासोले बनाएका चित्रसँग घर साट्न आउनेहरू पनि थिए। पिकासोको चित्रकारिताबाट बाङ्देल धेरै प्रभावित थिए। त्यतिबेलादेखि नै उनी कुराभन्दा काम गर्नपट्टि लागे।

पेरिस छाडेर लण्डन आएपछि उनको कला अध्यायमा अर्को नयाँ आयाम थपियो। प्रकृतिलाई हेरेर कलाकार सेंजाले त्यसको नक्कल नगरी केवल सीधा रेखाहरूले चित्रण गर्दा मात्र पनि त्यसमा कलात्मक सिर्जना हुनसक्छ भन्ने सिद्धान्तमा काम गरेका थिए। यसै सिद्धान्तलाई लिएर ब्राक र पिकासोले ५० वर्ष पहिल्यै घनवादलाई जन्माइसकेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाङ्देलसामु त्यसभन्दा अगाडि बढेर कुन शैली खडा गर्ने भन्ने प्रश्न खडा भएको थियो। त्यही बेलादेखि अमूर्त कलातिर उनको रूचि जाग्यो। यद्यपि, आफ्नो परम्परालाई छाडेर अर्को नयाँ परम्परा बसाल्न गहिरो आत्मचिन्तन र अभ्यासको जरुरत पर्थ्यो। उनले यही अनुभव गरे। त्यही नयाँ बाटो खोज्ने क्रममा उनले लण्डनका कला संग्रहालय र आर्ट ग्यालरीहरू चहार्न थाले। उनको ध्यान आफूले सिकेका सबै शैली छोडेर अर्कै नयाँ अमूर्त संसारको खोजीमा लाग्न पुग्यो। त्यतिबेलाका उनका कलाकृति प्रकृतिको बाहिरी रूपभन्दा बढी भित्री स्वरूप विम्बमा उत्रिन थाले। तर, पछिल्ला चरणमा अमूर्त शैलीबाट उनको कलायात्रा आकृतिप्रधान चित्रतिर फर्कियो।

तीन पटक बिहे
बाङ्देलका बाबु रङ्‍गलाल पढाइको सिलसिलामा दार्जीलिङ पुगेका थिए। बाङ्देलको पुर्ख्यौली घर खोटाङको रावाखोलास्थित बाङ्देल गाउँ हो। तर, पितापुर्खाको यो भूमिमा भने उनले पाइला टेक्न सकेनन्। दार्जीलिङमा जन्मे पनि उनको शिक्षा कोलकत्ता हुँदै पेरिस र लण्डनसम्म पुग्यो। त्यसपछि उनले नेपाललाई कर्मभूमि बनाए।

साहित्य, चित्रकला र कला अन्वेषणका बहुमुखी व्यक्तित्व बाङ्देलले कलाकारितामा लागेर नयाँ-नयाँ शैली, वाद र सिद्धान्तहरूलाई पचाइसकेका थिए। संवेदनशील र सौन्दर्यपूर्ण चित्र रचनामा अनुभवी कला साधकले ‘नेपाली आइमाई’ तथा ‘आमा र बच्चा’ श‍ृङ्खलामा प्रशस्त चित्र बनाइ प्रदर्शनीसमेत गरेका थिए।

बाङ्देलले दार्जीलिङकी मनकुमारी थापासँग पेरिसमा पुगेर प्रेम विवाह गरे। उनले श्रीमती थापासँग पेरिस, लण्डन र फेरि घरमा तीनपटक बिहे गरेका थिए। घरमा आमाको आज्ञानुसार परम्परागत बिहे भएको थियो।

कोलकत्ताबाट उनी पेरिस प्रस्थान हुनुको पनि आफ्नै प्रतिभाको भूमिका छ। २००८ सालमा कोलकत्तामा ‘कला र उद्योग’ नामक भारतव्यापी कला प्रदर्शनी भयो। त्यस प्रदर्शनीमा उनले सातवटा पुरस्कार पाए। त्यही पुरस्कारको राशिले उनले पेरिसमा गएर कलाको उच्च अध्ययन गर्ने सपना साकार पारेका थिए। पेरिस पुगेपछि एक वर्ष त चित्रकला हेर्दै र ग्यालरीहरू घुम्दै बिताएका थिए। कलाको संसारमा पसेर के सिक्ने, कस्तो चित्र बनाउने, उनले सोच्‍नै सकेनन्।

त्यसो त २००५ सालतिर कोलकत्तामै रहँदा सत्यजित राय, सुभाष गाँगुली, चितानन्ददास गुप्तजस्ता लेखक, कवि, कलाकार एवम् चलचित्र निर्देशकसँग उनको सङ्‍गत भएको थियो। त्यसैबेला उनले ‘प्रभात’ नामको साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका थिए।

बाङ्देलको पहिलो कला प्रदर्शनी २०१४ सालमा फ्रान्सको पेरिस र जर्मनीको स्टुडगार्डमा भएको थियो। त्यसबाहेक स्वदेश र विदेशमा थुप्रैपटक उनका एकल कला प्रदर्शनी पनि भए। उनले कला, साहित्यमा गरेको योगदानको कदरसहित वीरेन्द्र स्वर्ण कला पदक (२०२२), सरस्वती पुरस्कार (२०५२), भूपालमानसिंह कार्की पुरस्कार (२०५४), पृथ्वी प्रज्ञा पुरस्कार (२०५५) प्रदान गरिएको थियो। बाङ्देलले ‘रोमको एउटा फूल र प्यारिसको एउटा काँडा’ शीर्षक यात्रासंस्मरण कृतिमा उत्तम-शान्ति पुरस्कार (२०५८) पाएका थिए। यसका अतिरिक्त उनी धेरै संस्थाबाट सम्मानित थिए।

बाङ्देलको चित्र।

उनी आफैंले पिताजीको स्मृतिमा ‘रङ्‍गलाल बाङ्देल कला पुरस्कार’को स्थापना गरेर कला प्रदर्शनी र पुरस्कार पनि वितरण गरेका थिए। तर, त्यो एक पटक आयोजना भएपछि फेरि अघि बढ्न सकेन। त्यस्तै, केही वर्ष अमेरिकाको डेनिसन र हार्बर्ड विश्वविद्यालयमा अतिथि प्राध्यापकको कार्यसमेत उनले सम्हाल्ने अवसर पाए। पछि उनी न्यू आर्ट सर्कल (२०४८) नामको ललितकला संस्थाको संरक्षक भए।

साहित्य, चित्रकला र कला अन्वेषणका बहुमुखी व्यक्तित्व बाङ्देलले कलाकारितामा लागेर नयाँ-नयाँ शैली, वाद र सिद्धान्तहरूलाई पचाइसकेका थिए। संवेदनशील र सौन्दर्यपूर्ण चित्र रचनामा अनुभवी कला साधकले ‘नेपाली आइमाई’ तथा ‘आमा र बच्चा’ श‍ृङ्खलामा प्रशस्त चित्र बनाइ प्रदर्शनीसमेत गरेका थिए।

बाङ्देलको निधनपछि ‘मुलुक बाहिर म’ शीर्षकमा उनको जीवनका विभिन्न पक्षमाथि लेखिएको दैनिकी शैलीको पुस्तकसमेत प्रकाशित भएको छ। उनकी एकमात्र छोरी डा. डिना बाङ्देल पनि बुबाकै बिँडो थाम्न सक्रिय थिइन्। दु:खको कुरा, उनको पनि दुई वर्षअघि मृत्यु भएपछि अब बाङ्देलको पुस्ता नै समाप्त भएको छ।

जीवनको उत्तरार्द्धमा पनि उत्तिकै सक्रिय र क्रियाशील बाङ्देल अझै अरूले नदेखेका र नभेटेका कुरा दिन प्रयत्नशील थिए। कलामा नयाँ कुरा सिक्ने, बुझ्ने र बुझाउने कार्यमा पनि उनी अल्छी नमानी समयको महत्व बुझेर काम गर्थे, अरूलाई पनि आफ्नो सिको सिकाउँथे। यही अभाव हामीमाझ सँधै खट्किइरहनेछ।

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्