• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय

64x64
ज्ञानेन्द्र विवश शनिबार, कात्तिक १३, २०७८  १८:१५
1140x725
रमेश विकलको चित्रकला (दायाँ) र चित्तधर हृदयको चित्रकला।

नेपाली साहित्यमा जतिकै चित्रकलामा पनि अब्बल थिए– प्रसिद्ध आख्यानकार रमेश विकल (वि.स. १९८५–२०६५) र कविकेशरी चित्तधर हृदय (वि.सं. १९६३–२०३८)। 

हुन त नाट्यसम्राट बालकृष्ण सम (१९५७–२०३८) र कलाकार लैनसिंह बाङ्देल (१९८१–२०५९) को योगदान नेपाली साहित्य र चित्रकला दुवैमा छ। उनीहरु दुवै विधामा अब्बल थिए। आख्यानकार रमेश विकल र कवि चित्तधर हृदय भने साहित्यमा चिनिए।

विकलले २००६ सालमा ‘गरिब’ शीर्षकको कविता लेखेर साहित्य यात्रा थालेका थिए। उनका कथा, कविता, उपन्यास, फुटकर, व्यंग्य संग्रहलगायत ५० भन्दा बढी कृति प्रकाशित छन्। उनको मृत्युपछि २०७० सालमा पहिलो पटक उनका चित्रहरुको प्रदर्शनी पनि भएको थियो।

अकौ कवि चित्तधर हृदयलाई राजा महेन्द्रले २०१३ सालमै ‘कविकेशरी’ को उपाधिबाट सम्मान गरेका थिए। २०६३ सालमा जन्म शताब्दी वर्षको अवसरमा उनको मुहार अंकित हुलाक टिकटसमेत सार्वजनिक गरिएको थियो। उनको नाउँमा विभिन्न गुठी र पुरस्कार स्थापना भएका छन्। उनैको सम्मानमा ५०० रूपियाँको चाँदीको सिक्का पनि निस्किएको छ। 

कालिमाटी चोकमा उनको पूर्णकदको सालिक स्थापना गरिएको छ। उनका लगभग तीन दर्जन जति पुस्तक प्रकाशित छन्। तर, उनी चित्रकार पनि थिए भनेर थोरैलाई मात्र जानकारी छ।

रमेश विकल : चित्र बनाए, तर बाहिर खुलेनन्
एकोहोरो लेखनमै मस्त र व्यस्त रहिरहने रमेश विकल लेखनबाट दिक्क लाग्यो भने चित्र बनाउन थालिहाल्ने उनका छोरा विजय चालिसे र महेन्द्र चालिसे सुनाउँछन्। शब्दबाट अभिव्यक्तिले साकार रूप वरण गराउँदा चित्त नबुझे वा उपयुक्त भावना नफुरे चित्रसँग आफ्ना मनोभाव साट्ने बुबाको बानी रहेको विजय र महेन्द्र बताउँछन्।

चालिसे परिवारको संकलनमा रहेका विकलका ५८ वटा चित्रलाई ‘रमेश विकल साहित्य प्रतिष्ठान’ र ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान’ ले २०७० सालमा पहिलो पटक प्रदर्शनी गरेको थियो। सोही प्रदर्शनीबाट रमेश विकलको चिनारीको अर्को पाटो चित्रकारिताबारे धेरैलाई जानकारी मिलेको थियो। सो प्रदर्शनीमा चित्रकार विकलले बनाएका ‘ल्यान्डस्केप’ र ‘पोट्रेट’ धेरै थिए। साहित्यमा यथार्थवाद झल्काउने विकलका चित्रमा पनि यथार्थवादकै झलक पाइन्छ। 

रमेश विकलको चित्रकला।

उनले कलामा हिमाल, पहाड, ताल, खोला, चौतारी, वनजंगल जस्ता प्राकृतिक दृश्यहरूलाई उतारेका छन्। त्यस्तै उनले आफ्नी श्रीमती, बुबालगायत आफन्तका पोट्रेट पनि बनाएका छन्। २०५७ सालमा विकलकी धर्मपत्नी सुशीला चालिसेको निधनपछि उनले धेरै चित्र बनाए। उनको पहिलो प्रदर्शनीमा पनि पत्नीका थुप्रै पोट्रेट राखिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
कलाकार केके कर्माचार्यले बनाएको रमेश विकलको पोट्रेट।

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे विकलको चित्रकारिताबारे भन्छन्– ‘२०१८ सालमा मेरो सम्पादन र प्रकाशनमा निस्किने रचना पत्रिकाका लागि उनले कभर डिजाइन गरेका थिए। उनले त्यसपछिका केही वर्ष कभर चित्र बनाएर सहयोग गरे। तर, विकलले त्यति बेला आफ्नो नाम भने खुलाउन चाहेनन्। सायद चित्रमा राम्रो सीप छैन भनेर नाम खुलाउन नचाहेको होला। तर पछिका कभर डिजाइनमा उनको चित्रसहित नाम रवि चालिसे भनी छापिएका छन्।’ 

बाल्यकालदेखि चित्र कोर्न रूचि राख्ने विकलले आनन्दमुनि शाक्य र चन्द्रमानसिंह मास्केसँग कलाको आधारभूत शिक्षा लिएका थिए। रेखा कोर्न सिपालु भएपछि उनले जुद्ध कलापाठशाला (हाल ललितकला क्याम्पस)मा अध्ययन थाले। मास्टर तेजबहादुर चित्रकारसँग प्रशिक्षण लिए। चित्रकलाप्रति तीव्र इच्छा हुँदाहुँदै पनि उनलाई स्वास्थ्यले साथ दिएन। त्यसपछि उनी साहित्य सिर्जनामै रमाए। यद्यपि, घरमै बसेर बेलाबखत चित्र बनाउने बानी भने उनले छोडेनन्। स्केचहरू प्रायः बनाइरहन्थे।

विकल पुत्र महेन्द्रका अनुसार प्रतिष्ठानले उनका डेढ दर्जनभन्दा बढी स्केच र चित्र संकलन गरेको छ। त्यसमा २०३५ सालदेखि बनाएका चित्रहरू छन्। उनले अधिकांश जलरङ माध्यमका चित्र बनाएका छन्।

चित्रकलामा मात्र नभई फोटोग्राफीमा  पनि विकल सोखिन थिए। उतिबेलै एसएलआर क्यामेरा किनेर विभिन्न ठाउँ घुम्न जाँदा खिचेका तस्बिर अझै छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चित्तधर हृदय : जसले जेलमा चित्र बनाउन सिके
चित्रकलाका अर्का अब्बल चित्रकार थिए– कवि चित्तधर हृदय। चित्तधरका चित्रकलाले नेपाली कलाक्षेत्रमा नयाँ अध्यायको शुभारम्भ गरेको छ। उनले जलरङ र रेखाचित्रका माध्यमबाट कलात्मक उचाइ निर्माण गरेको तथ्य उनका चित्रकलाले नै पुष्टि गर्छन्। 

नेपाल भाषाका प्रतिभाशाली साहित्यकार चित्तधर हृदयको कृतित्व र व्यक्तित्वलाई अमर राख्न नरदेवी तुछेँगल्लीस्थित उनकै जीर्ण निवासलाई मर्मत गरेर स्मृति संग्रहालयको स्वरूपमा निर्माण गरिएको छ। २०७० सालमा सो संग्रहालयको उद्घाटन भएपछि सर्वसाधारणका लागि सःशुल्क खुला गरिएको छ। 

चित्तधर हृदयले बनाएको चित्र।

संग्रहालयमा उनका चित्रकलाहरू पनि छन्। उनका प्रकाशित कृति, उनका संग्रहका विभिन्न सामग्री पनि राखिएका छन्। भवनको माथिल्लो तलामा उनकै अर्धकद्को प्रतिमा, उनको ओछ्यान, लुगाफाटा, सन्दुक, दराज, चश्मा, कलम आदि सुरक्षित राखिएको छ। नेपालका साहित्यकार, कलाकारको घरलाई संग्रहालयमा परिणत गरिएको पनि सम्भवतः यो नै पहिलो हो। 

कविकेशरी चित्तधर बहुआयामिक व्यक्तित्वका थिए। सिर्जनात्मक लेखनमा उनले वृद्धावस्थामा समेत निरन्तर योगदान दिइरहे। नेपाल भाषाको उत्थानमै जीवन अर्पण गरेको एक तपस्वी स्रष्टा व्यक्तित्व थिए उनी। 

आफ्ना पितापुर्खा त्यो बेलाका नामी साहु भएर पनि उनले पुख्र्यौली पेसामा खासै ध्यान दिएनन्। उनको चिन्ता र चासो साहित्य, संस्कृति र कलाकै उन्नयनमा भइरह्यो। अन्याय, अत्याचार, शोषण र दमनविरूद्ध सधैँ सचेत भई कलम चलाउने साहित्यकार तथा चित्रकार चित्तधरले कलामा भने आध्यात्मिक जीवनदर्शनलाई आत्मसात् गरेको पाइन्छ। उनका चित्रकलामा धार्मिक प्रवृत्तिका भाव–सम्प्रेषणका साथै नेपाली महिलाका व्यस्तता र श्रृंगारिक पक्षलाई उतारिएको पाइन्छ। 

यसरी सुन्दरता र शान्तिमय जीवनको अपेक्षा र आग्रहसहित उनको कलायात्राले परम्परागत नेपाली कलाको पृष्ठभूमिमा सानै भए पनि ठोस योगदान दिएको छ १९८७ र १९९७ सालमा राणा सरकारविरूद्ध लागेको आरोपमा उनी जेलसमेत परेका थिए। त्यस्तै उनीमाथि नेपाल भाषाको संस्था खोली राजनीति गरेको आरोप पनि लागेको थियो। 

जेल जीवनमा पनि उनले आफूलाई सिर्जनशील राखे। उनले त्यहाँ चन्द्रमानसिंह मास्केबाट चित्र बनाउन सिकेका थिए। जेल जीवनमै उनले नेपालभाषामा ‘सुगत सौरभ’ नामक महाकाव्य लेखे। सो महाकाव्यमा जेलमै परेका अर्का कलाकार चन्द्रमानसिंह मास्केले बनाएका बुद्ध जीवनमा आधारित रंगीन जलरंगी माध्यमका चित्रहरू छन्। 

भनिन्छ, चित्तधरले सर्वप्रथम आफ्नी दिवंगत पत्नी ज्ञानप्रभाको प्रतिमा बनाए। अनि सधैँ मिर्मिरेमा उनी आफ्नी तिनै पत्नीको प्रतिमाको दर्शन गरेर मात्रै पानी खान्थे। त्यसअघि उनी बरालिएर चित्र कोर्दै हिँड्थे।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्