complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

श्रमिकले बोक्ने कम्युनिस्ट झण्डा गैंडाले बोक्यो, यस्तो छ एमाले महाधिवेशनको प्रचार शैली

64x64
वीरेन्द्र ओली शुक्रबार, मंसिर १०, २०७८  ०६:५७
1140x725
तस्बिर : निमेषजंग राई र बीपी अनमोल/ नेपाल लाइभ

काठमाडौं- ‘सुन्दरता हेर्न अन्त कतै जानु पर्दैन। नेपालमै आउनु पर्छ। एक सिंगे गैंडा अमेरिका, युरोप, अस्ट्रेलियामा जन्मिँदैन। त्यसका लागि चितवनमै आउनु पर्छ। जिन्दगीमा एक पटक गैंडा हेरेन भने जुनसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैंडै देख्या छैन भने आधा जिन्दगी खेर गयो। पैसा कमाएर के गर्ने? के डलर खान्छ? युरो खान्छ? पैसै नहुनुको एउटा कुरा। पैसा भएर पनि गैंडा नदेखेर जिन्दगी गए बर्बाद भएन? राइनो राइनो भन्ने गर्छन् अग्रेजीमा, कहाँबाट आयो राइनो? जहाँ गैंडा हुँदै हुँदैन, के को राइनो? गैंडा भन्नुपर्छ।’ 

करिब साढे ६ वर्ष पहिले, २०७२ जेठको महिना चितवनमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो भनेका थिए। उनले यसरी गैंडाको प्रवचन दिइरहँदा उनको दायाँ र बायाँतर्फ पार्टी (एमाले)का सहयोद्धाहरु क्रमशः वामदेव गौतम र झलनाथ खनाल थिए। ६ वर्षपछि चितवनमै एमालेले आज, शुक्रबार आफ्नो दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै छ। यसकै लागि ओली चितवन पुगिसकेका छन्।

तर, चितवनमै त्यसबेला गैंडा प्रवचन दिँदा उनले दायाँ र बायाँ राखेका गौतम र खनाल अहिले एमालेमै छैनन्। एमालेको महाधिवेशनमा उनीहरुलाई निम्तो पनि दिइएको छैन। संयोग कस्तो भने ओलीले कम्युनिस्ट पार्टी (आफ्नो पार्टी एमाले) को हसिया हथौंडा अंकित झण्डा बोक्ने जिम्मा यो महाधिवेशनमा त्यही राइनो अर्थात् गैंडालाई दिएका छन्। यो महाधिवेशनका लागि एमालेले श्रमिकले बोक्ने संकेतात्मक झण्डा गैंडालाई बोकाएर प्रचार गरेको छ। महाधिवेसनस्थल र त्यस वरपर जताततै गैंडाले बोकेको कम्युनिस्ट झण्डा यत्रतत्र राखेर प्रचार गरिएको छ। 

श्रमिकले बोकेको देखिने पार्टीको झण्डा गैंडाले बोकेको बिम्ब प्रयोग गरिएपछि एमालेबारे अनेक टिकाटिप्पणी भए। कसैले यसलाई एमाले गैंडा जस्तै लोपोन्मुख बनेको भनेर टिप्पणी गरे। कतिपयले चितवनको पहिचानलाई एमालेले समातेको भनेर प्रशंसा गरे। तर, निकै अर्थपूर्ण यो बिम्बको कमै चर्चा भयो।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल विचारले मान्छेलाई संगठित गर्न नसकेपछि गैंडालाई राखेर एमालेले महाधिवेशन प्रचार गर्न खोजेको टिप्पणी गर्छन्। ‘एमालेसँग अब कम्युनिस्ट विचार, सिद्धान्त छैन। जुन जुन बिकाउँन सकिन्छ त्यही बिकाउँन थालेका छन्’, भुसालले भने, ‘कम्युनिस्ट पार्टीको झण्डा श्रमिक र किसानले बोक्नु पर्नेमा गैंडालाई बोकाइएको छ। भोलि बाघ, स्याल, भालुलाई पनि बोकाइएला।’ कम्युनिस्ट विचार सकिँदै गएपछि एमाले र ओली गैंडालाई झण्डा बोकाउनेदेखि पुशपतिमा जलहरी राखेसम्म पुगेको टिप्पणी गरे।

एमाले केन्द्रीय सदस्य विशाल भट्टराई भने कला नबुझ्नेले यसको विरोध गरेको बताउँछन्। ‘यो देशमा कला, संस्कृति, साहित्य बुझ्ने एक मात्र व्यक्ति केपी ओली हो। यसको महत्व यो देशका कुनै व्यक्तिले बुझ्न सक्दैनन्’, भट्टराईले भने, ‘एक सिंगे गैंडा लोपोन्मुख हो। त्यसलाई संरक्षण गर्नुपर्छ, बचाउँनुपर्छ। त्यसको निकै ठूलो महत्व छ भनेर देश विदेशमा प्रचार गर्न खोजेका हौं।’ 

महाधिवेशन उद्घाटनका दिन एमालेका ५ लाख नेता र कार्यकर्ताले कम्युनिस्ट झण्डा बोके पुग्ने तर्क गर्दै भट्टराईले अन्य महाधिवेशनमा बाघलाई समेत झण्डा बोकाएर प्रचार गर्न सकिने बताए। 

राजनीतिक विश्लेषकहरुले भने एमालेले महाधिवेशनका लागि कम्युनिस्ट पार्टीको झण्डा गैंडालाई बोकाएर खेलकुदका कुम्भहरुमा जस्तै मस्कट बनाएर सस्तो प्रचार गरेको आरोप लगाएका छन्। यसले एमालेको कम्युनिस्ट विचार र सिद्धान्तबाट भएको डिपार्चर प्रष्ट पार्ने उनीहरुको तर्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हुन त एमालेका यस्ता अरु डिपार्चर पनि छन् जो यसअघि नै देखिन सुरु भइसकेका छन्। जस्तो कि, आठौं महाधिवेशन रहँदासम्म एमालेले आफ्नो मञ्चमा एकातिर मार्क्स, लेनिनका तस्वीर अनि अर्कोतिर पुष्पलाल, मनमोहन, मदन भण्डारीका तस्वीर राख्ने गथ्र्यो। नवौं महाधिवेशनपछि (जहाँबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए) भने मार्क्स र लेनिनका तस्वीरहरु हराउन थाले। पछिल्लो समय त ओली आफ्नो प्रचारमा मात्र रमाउने गरेको आरोप अरुले मात्र होइन, उनकै पार्टीका नेता र कार्यकर्ताले पनि लगाइरहेका छन्। ललितपुरमा केही समयअघि सम्पन्न विधान महाधिवेशनमा ओलीकेन्द्रित प्रचार, पानीका बोतलमा समेत टाँसिएको ओलीको तस्वीर आदिले धेरै कुरा छर्लंग पारेकै थियो। चितवनमा त्यसको थप विकसित रुप देखिएको छ।

पार्टीमा विचार मर्दै गएपछि एमाले र ओलीले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)लाई ग्रन्थका रुपमा पूजा गर्नथालेको भुसालको आरोप छ। प्रायः कार्यक्रममा ओलीले आफ्ना ठूल्ठूला तस्वीरहरु राखेर पुष्पलाल, मनमोहन र मदनकै पंक्तिमा दर्ज गर्न खोजेको उनले बताए।

प्रचारमा उद्योगीदेखि कलाकारसम्मको प्रयोग
दशौं महाधिवेशनको शुभकामना सन्देश भन्दै एमालेले उद्योगी व्यवसायीदेखि कलाकार, साहित्यकार, पत्रकार, बुद्धिजीवी, समाजसेवीसम्मलाई प्रयोग गरेको छ। एमालेका आफ्नै सामाजिक सञ्जालमा यसका अनेक रुप देख्न सकिन्छ। सामाजिक सञ्जालमा ओलीले शुभकामना सन्देश दिएपछि संस्कृतिविद् सत्यमोहन जोशीलाई दिन लगाएको शुभकामना सन्देश राखिएको छ।

त्यसैगरी, समाजसेवी कर्मा गुरुङसम्म आइपुग्दा विभिन्न क्षेत्रका २० जनाले दिएको शुभकामना सामाजिक सञ्जालमा राखेर प्रचार गरिएको छ। जसमा पुराना कम्युनिस्ट नेता र्कितनकृष्ण भट्टराई, कृष्णराज वर्मा, वसन्तप्रसाद गौचन, पुष्पलालका कान्छा भाई विजयलाल श्रेष्ठसम्म छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, संगीतकार शम्भुजित बास्कोटा, गायक रुविन गन्दर्भ, साहित्यकार सरुभक्त, राजनीतिक विश्लेषक चन्द्रकिशोर, उद्योगी विष्णुकुमार अग्रवाल, शेखर गोल्छा, चिकित्सक सन्दुक रुइत, गायक बद्री पंगेनी, गायिका देवी घर्तीमगर, संस्कृतिविद् जगमान गुरुङ, सञ्चारकर्मी भैरव रिसाल, गायक खुमन अधिकारी, समाजसेवी भद्रकुमारी घले, अभिनेत्री गौरी मल्ललगायत छन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०६:५७
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्