काठमाडौं– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पीएसजीलाई पराजित गर्दै सिटी समूह ए को विजेताका रुपमा नकआउट चरणमा पुगेको हो।
सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा पीएसजी २–१ ले पराजित भएको हो। खेलमा सुरुवाती अग्रता भने पीएसजीले लिएको थियो। खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर, ६३औं मिनेटमा रहिम स्टर्लिङले काइल वाल्करको क्रसमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
सिटीले वैकल्पिक खेलाडीका रुपमा प्रवेश गराएका ग्याब्रीएल जेससले खेलको ७६औं मिनेटमा गोल गर्दा सिटी २–१को स्थितिमा पुग्यो। त्यसपछि दुवै समूहबाट थप गोल नहुँदा सिटी विजयी बन्यो।
समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्यो। समग्रमा सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो भने पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ। लाइप्जिग र ब्रुगको ४–४ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।