काठमाडौं- सेल्सबेरीले एक महिने अफर आयोजनाका भाग्यशाली विजेतालाई पुरस्कार प्रदान गरेको छ।
सेल्सबेरीले दसैं तिहारको अवसर पारेर यामाहा मोटरसाइकलसँगको सहकार्यमा एक महिने अफर आयोजना सञ्चालन गरेको थियो। उक्त योजनामा विजेता बनेका प्रजेशलाल श्रेष्ठले यामाहा फसिनो १२५ मोटरसाइकल हात पारेका छन्।
उक्त अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा सञ्चालन गरिएको थियो।
टीभी, फ्रिज, वासिङ मेसिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने अवसर भएको यस अभियानको विजेता छनोट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा एक समारोहबीच गरिएको थियो। उक्त योजनाको भाग्यशाली विजेताको घोषणा सेल्सबेरीका सीईओ रमेश कार्की, पोखरा प्रदेशका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिङ म्यानेजर विवेचना श्रेष्ठ र ब्राण्ड अफिसर भारती आचार्यको उपस्थितिमा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।