काठमाडौं- क्लबले ओले गुनर सोल्सारलाई बर्खास्त गरेयता म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षकको पद खाली छ। वाडफोर्डसँग लज्जास्पद हारपछि इङ्ग्लिस क्लब युनाइटेडले गत आइतबार मुख्य प्रशिक्षक सोल्सारलाई बर्खास्त गरेको थियो।
प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा युनाइटेडले वाटफोर्डसँग ४–१ को नमिठो हार भोगेपछि प्रशिक्षक सोल्सारलाई बर्खास्त गरेको थियो।
सोल्सारसँगै युनाइटेडको बोर्ड सदस्यबीच करिब ५ घण्टा चलेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। तर, सोल्सार आपसी समझदारीबाट अलग भएको बताइन्छ।
सोल्सारले प्रिमियर लिगअन्तर्गत पछिल्ला पाँचमध्ये चार खेलमा हार भोगेपछि युनाइटेडका समर्थकहरु उनीविरुद्ध खनिएका थिए।
उनको बर्खास्तीसँगै युनाइटेडको प्रशिक्षकका लागि म्यानचेस्टर, पेरिस सेन्ट जर्मेन (पीएसजी) र दुई प्रशिक्षकका नाम चर्चामा छन्।
जिनेदिन जिदान, मउरिसो पोचेटिनो र रोनाल्ड कोम्यानको नाम चर्चामा आएको हो। तर, युनाइटेडले यो विषयमा बिस्तारै छलफल गर्ने बुझिएको छ। यता, फुटबल विश्लेशकहरुका अनुसार जिदान पीएसजी जानेछन्, पोचेटिनो पीएसजी छाडेर म्यानचेस्टर आउने छन्। खेल पत्रिका मार्काका अनुसार पीएसजी पछिल्ला महिना जिदानसँग सम्पर्कमा रहेको छ।
पोचिटिनोको सम्भावित युनाइटेडको स्थानान्तरणलाई ध्यानमा राख्दै पीएसजीले जिदानसँग सम्पर्क बढाएको हो।
पोचिटिनो युनाइटेडको प्राथमिकतामा छन्। उनले सोल्सारलाई प्रतिस्थापन गर्ने ठानिएको छ।
युनाइटेडले बाँकी सिजनका लागि अन्तरिम प्रशिक्षकलाई जिम्मेवारी दिएको छ।
पीएसजी यतिबेला रियल मड्रिडका पूर्वप्रशिक्षक जिदान र एन्टोनियो कोन्टेसँग सम्पर्कमा छ। कोन्टे पछिल्लो समय टोटेनहममा आबद्ध छन्।
जिदानले आफू युनाइटेडका लागि इच्छुक नभएको बताएका थिए। उनी पीएसजी जाने सम्भावना रहेको बताइन्छ। त्यो अवस्थामा पोचिटिनो युनाइटेड जान सक्ने आकलन गरिएको थियो।
तर, पोचेटिनोले पनि आफू म्यानचेस्टर नजाने संकेत गरेका छन्। उनले आफू पेरिसमै खुसी रहेको बताए।
यद्यपि, उनी अहिले उनी इंग्ल्यान्डमै छन्, त्यो पनि म्यानचेस्टरमै। उनको परिवार अझै लण्डनमा रहेका छन्।
मार्काका अनुसार पोचेटिनो च्याम्पियन्स लिगका लागि म्यानचेस्टर पुगेका हुन्। पीएसजीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ।
पोचेटिनाले सन् २०२३ सम्म पीएसजीसँग आफ्नो अनुबन्ध गरेका छन्। उनी भन्छन्, 'फुटबल भनेको वर्तमान हो र म वर्तमानमा पीएसजीमा छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।