काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब युभेन्ट्समाथि सानदार जित दर्ता गरेको छ।
मंगलबार राति घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले युभेन्ट्समाथि ४–० को जित निकालेको हो। चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वार्नरले गोल गरे।
चेल्सीको खेलको २५औं मिनेटमा ट्रिभोअ चालोवाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो। उनले एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए।
खेलको ५५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसलगत्तै ५८औं मिनेटमा कलुम हड्सनले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए।
इन्ज्युरी समयको अन्तिमतिर मिनेटमा वैकल्पिक फरवार्ड टिमो वार्नरले गोल गरेसँगै चेल्सी ४–०ले विजयी बन्यो।
जितसँगै समूह ‘एच’ मा युभेन्ट्सलाई पछि पार्दै चेल्सी शीर्षस्थानमा उक्लिएको छ। दुवै टोलीको समान १२ अंक भएपनि हेड टु हेड र गोल अन्तरमा पराजित युभेन्ट्स दोस्रो स्थानमा छ।
यही समूहको अर्काे खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीपछि जेनिथको ४ तथा माल्मोले समूहमा पहिलो अंक जोडेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।