काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लबले न्यूरोड टिम (एनआरटी)माथि संघर्षपूर्ण जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रले न्यूरोडलाई २-१ गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा दुवै गोल सुनिल बलले गरे। यता, न्यूरोडका लागि एरिक बिष्टले एक गोल गरे।
पहिलो हाफ आक्रमक खेलेको मछिन्द्रले एक गोलबाहेक गर्न सकेन। यता, बढी नै रक्षात्मक खेल प्रदर्शन गरेको न्यूरोडले पनि मछिन्द्रको पोष्टमा लोभलाग्दो प्रहार गर्न सकेन। तर, दोस्रो हाफमा भने मछिन्द्रले एक गोल खाँदै एक गोल फर्कायो।
खेलको १२औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो। उसका लागि सुनिल बलले गोल गरेका थिए। उनले विशाल राईले मिलाइदिएको पासमा एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गरे।
लगत्तै विशालले अर्को मौका खेर फ्याँके। उनले न्यूरोडका डिफन्डर आन्द्रे थिएरीबाट बल खोस्दै डिबक्स बाहिरबाट गरेको प्रहारले पोष्टको दिशा लिन सकेन।
खेलको १७औं मिनेटमा क्यामरुनी डिफेन्डर आन्द्रे थिएरीले पहेंलो कार्ड पाए। उनले मैदानको बीच भागमा अभिषेक रिजाललाई खराब ट्याकल गरेर लडाएका थिए।
२२औं मिनेटमा मछिन्द्रका सुनिलले अग्रता दोब्बर बनाउने मौका गुमाए। छिरिङ गुरुङले दिएको लामो पासलाई लेफ्ट साइडमा रहेका सुनिलले करिब २५ यार्डबाट प्रहार गरेका थिए। उनको प्रहार न्यूरोडका गोलरक्षक अजित प्रजापतिले ड्राइभ गर्दै पञ्च गरेका थिए।
रिबाउन्डमा आएको बललाई मछिन्द्रका कप्तान सुजल क्षेष्ठले प्रहार गरेर गोलपोष्टमा छिराउनु अगाडि नै रेफ्री नविन्द्र महर्जनले अफ साइडको संकेत देखाए।
२६औं मिनेटमा स्टेफन विनोङको हेडर पासमा क्रिटिस रत्न छुन्जुको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा न्यूरोड बराबरीबाट चुक्यो।
दोस्रो हाफको सुरुवाआती समय मछिन्द्र खेलमा आक्रमक बनेपनि न्यूरोडले गोल गर्यो। ५०औं मिनेटमा एरिक बिष्टले गरेको फ्रिकिक कसैलाई नछोइ बाहिरिएको थियो।
५२औं मिनेटमा देवेन्द्र तामाङले स्टेफन समिरलाई फउल गरेपछि न्यूरोडले फ्रिकिको मौका पाएको थियो।
५४औं मिनेटमा न्यूरोडले उक्त फ्रिकिकलाई सदुपयोग गर्दै खेलमा फर्कियो। एरिक बिष्टले करिब ३० यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
६२औं मिनेटमा सुनिल बलले गोल गरेका थिए। रञ्जित धिमालले गोलरक्षक अजितलाई बिट गरेको थियो। तर, सुनिलले बल जालि चुमाएपनि रेफ्री नविन्द्रले अफ साइडको संकेत दिए।
६५औं मिनेटमा मछिन्द्रले अर्को मौका खेर फाल्यो। रञ्जितको सुन्दर क्रसमा अभिषेकले गरेको हेडर बल गोल पोष्टको नजिकैबाट बाहिरियो।
६९औं मिनेटमा न्यूरोडका मिडफिल्डर मेसुको ओलोउमो र दर्शन गुरुङले राम्रो तालमेल मिलाएका थिए। तर, मेसुकोको पासमा दर्शनले गरेको प्रहारले भने दिशा लिन सकेन।
७४औं मिनेटमा मनिष डाँगी मछिन्द्रलाई अग्रता दिलाउन चुके। न्यूरोडका डिफेन्डरले ‘क्लियर’ गरेको बललाई मनिषले ‘टच’ गर्दै प्रहार गरेका थिए। तर, मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले ड्राइभ गर्दै बाहिर पठाइदिए।
मनिष खेलको ४९औं मिनेटमा अजरबैजानका नुर्लान जाहिदको स्थानमा मैदान छिरेका थिए।
८०औं मिनेटमा मछिन्द्रले खेलमा अग्रता लियो। रञ्जित र सुजलले राम्रो ‘मुभ’ बनाउँदै गोलको सिर्जना गरेका थिए। सुजलले दिएको राइट साइडबाट दिएको बललाई सुनिनले ‘वान टच’मा गोल गरे।
जितसँगै मछिन्द्रले ३ अंक जोडेको छ। यता, न्यूरोडले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। आजै भएको दिनको पहिलो खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले १-१ गोलको बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।