चितवन– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। मंसीर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको महाधिवेशनको तयारी तीव्र पारिएको छ।
स्थानीय स्तरमा नेकपा एमाले चितवनले महाधिवेशनलाई भव्य बनाउनका लागि मञ्च व्यवस्थापन देखि लिएर अन्य आवश्यक तयारी गरिरहेको छ। एमाले चितवनकी अध्यक्ष पार्वती रावलले स्थानीय स्तरबाट गर्नुपर्ने सम्पूर्ण काम तीव्र गतिमा अघि बढेको जानकारी दिइन्।
‘९ गतेसम्म मञ्चको व्यवस्थापनदेखि अन्य सबै तयारी पुरा गरिसक्छौं,’ उनले भनिन्, ‘त्यसका लागि एमाले चितवन, स्वयंमसेवकदेखि काठमाडौंबाट आएका नेता कार्यकर्ता खटिरहनु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।