• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

क्रिकेट राजनीति : मैदानबाहिर भारतीय दबदबा

64x64
दीप सुवेदी बुधबार, मंसिर २२, २०७८  ०७:०५
1140x725

ओमानले सफलतापूर्वक आईसीसी टी२० विश्वकप २०२१ को आयोजना गर्‍यो। योसँगै ओमान विश्वकप आयोजना गर्ने र भाग लिने अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पहिलो एसोसिएट राष्ट्र पनि बन्यो। 

ओमान परम्परागत रूपमा लोहबान (सुन्दर पथर), शक्तिशाली किल्ला र फरक प्राकृतिक सौन्दर्यको लागि प्रसिद्ध छ। सन् २००२ देखि क्रिकेट खेल्न थालेको ओमानले सन् २०१४ मा एसोसिएट राष्ट्र र एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मान्यता पायो। अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलिरहेको यो देश अंक तालिकाको शीर्ष स्थानमा छ। ओमान अब क्रिकेटबाट पनि चिनिने बाटोमा छ।

ओमानकै बाटोलाई पछ्याउन अमेरिका जस्तो शक्तिशाली देशसमेत लागि परेको छ। अब क्रिकेट इंग्ल्याण्ड र यसका कुनै समयका उपनिवेश देशमा मात्र सीमित छैन। नेपाल लगायत विकासोन्मुख देश पनि अगाडि आउँदैछन्। ‘क्रिकेट राजनीति’ले समेत बाटो मोड्दैछ। 

कुनै बेला ‘क्रिकेटको मुख्यालय’ इंग्ल्याण्ड थियो। इंग्ल्याण्डले नै खेलका नियमहरू बनाउने, हेरफेर गर्ने र आयस्रोत नियन्त्रण गर्ने गर्थ्यो। बाँकी क्रिकेट खेल्ने देशले ‘अङ्ग्रेजी शासन’ मान्नै पर्थ्यो।

प्रसिद्धि र पैसाको खोजीमा क्रिकेटका हस्ती देशका प्रतिभाशाली क्रिकेटरहरू काउन्टी क्रिकेट खेल्न इंग्ल्याण्ड जाने गर्थे। खेलको नियन्त्रक निकायलाई 'इम्पेरियल क्रिकेटिङ काउन्सिल' भनिन्थ्यो। यो इंग्ल्याण्डमा आधारित काउन्सिल थियो। तर, अहिले यसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) भनिन्छ र मुख्यालय दुबईमा सारिएको छ।

आईसीसीको मुख्यालय दुबईमा सरेपछि क्रिकेटको स्वरुपमा पनि परिवर्तन आएको छ। पछिल्ला केही वर्षहरूमा क्रिकेटको परम्परागत शक्ति सन्तुलनमा पूर्ण परिवर्तन भएको देखिएको छ। क्रिकेटबाट भारतले अहिले वार्षिक करोडौं डलर आम्दानी गरिरहेको छ। अहिले नाम र पैसा कमाउन इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका खेलाडी भारत आउँछन्।

यही विषयलाई लिएर भारतीय क्रिकेट टिमका पूर्वविकेटकिपर फारुक इन्जिनियरले आफ्नो देशलाई क्रिकेटको शक्तिशाली देशको रूपमा चित्रित गरेका थिए। उनले दैनिक भास्करलाई दिएको एक अन्तर्वार्तामा आईपीएल सुरु भएपछि बेलायतीहरु अचानक ‘भारतीयको जुत्ता चाट्न’ आउन थालेको विवादास्पद अभिव्यक्ति दिएका थिए। 

‘आईपीएल सुरु भएपछि भारत अचानक बेलायतीहरूका लागि राम्रो भयो। हालका क्रिकेटरहरू आईपीएल खेल्न उत्सुक छन्। पूर्वक्रिकेटरहरूले पनि भारतको प्रशंसा गरिरहेछन्। उनीहरूको लागि अहिले भारतमा हरेक वर्ष केही महिना काम गर्ने र टीभी कार्यक्रमहरू गर्ने ठाउँ बनेको छ। काम पाउँदा ब्रिटिशहरू ज्यादै खुशी छन्। तिनीहरू अब पैसाको लागि हाम्रो जुत्ता चाट्छन्,’ उनले भनेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

इन्डियन प्रिमियर लिग (आईपीएल) ले संसारभर प्रसिद्धी कमाएपछि उनको यो अभिव्यक्ति आएको हो। आईपीएलले अमेरिकाको बास्केटबल लिगमा आधारित बहु–अरब डलरको फ्रेन्चाइज लिगले भन्दा बढी कमाउँछ। एक अर्बभन्दा बढी समर्थक रहेको क्रिकेटले भारतमा विश्वव्यापी मन्दीको समयमा पनि हरेक वर्ष ७–९ प्रतिशतको दरले बढिरहेको अर्थतन्त्रलाई मजबुत बनाएको छ। 

भारत विश्व क्रिकेट जगतमा यस्तो चुम्बक बनेको छ, जसले भू–राजनीतिक प्रतिद्वन्द्वी पाकिस्तानका प्रतिभाशाली क्रिकेटरलाई पनि आफ्नो राष्ट्रिय टोलीमा भन्दा आईपीएल खेल्न आकर्षित गर्छ। भारत अहिले आफ्नो क्रिकेटको बल प्रयोग गरेर ‘राजनीतिक केन्द्र’ बनाउन लागिरहेको छ। केही दिन अघिमात्र अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री जोन होवार्डको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको उपाध्यक्ष बन्ने सपनालाई भारतीय क्रिकेट अधिकारीहरूले असफल बनाइदिएका थिए।
 
जोन होवार्ड तीनै व्यक्ति हुन्, जो तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशका समर्थकमध्ये पर्थे। उनलाई दक्षिण अफ्रिकाको तत्कालीन रंगभेदी शासनको समर्थक र जातिवादी दक्षिणपन्थीको रूपमा हेरिन्छ। उनी अस्ट्रेलियाको प्रधानमन्त्री हुँदा त्यहाँ भारतीयहरूमाथि जातीय आक्रमण बढेको थियो। भारतले यसलाई अन्तर्राष्ट्रिय अपमानको रूपमा हेर्छ। तर, अहिले उनैले गरेको व्यवहारको बदला भारतीय सरकारले क्रिकेटबाट लिएको छ।

भारत अहिले पनि उति नै शक्तिशाली छ। उसले मैदानमा मात्रै होइन, आईसीसी बोर्डमा समेत राजनीति गर्दै आएको छ भन्ने यस घटनाले प्रष्ट पार्छ। उक्त विषय बुझेको अस्ट्रेलिया पछिल्लो समय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग काँधमा काँध मिलाएर हिँड्न तयार भएको छ।

यसभन्दा अगाडि क्रिकेटमा प्रभुत्व जमाएका ठूला देशले आर्थिक शक्ति प्रयोग गरेर आफ्नो स्वार्थ अनुरूप नियमहरू हेरफेर गर्थे। विकासोन्मुख देश ती नियम पछ्याउन विवश थिए। उनीहरु विश्वकप जस्ता ठूला प्रतियोगिताहरूमा पनि आफ्नो दबदबा कायम राख्न प्रायः कमजोर राष्ट्रहरूलाई बेवास्ता गर्दै नियम परिवर्तन गर्थे।

यही चपेटामा भारत पनि पर्ने गरेको थियो। भारतीयहरूले आफ्नो देशमा अङ्ग्रेजको शासन हुँदा उनीहरूबाटै क्रिकेट खेल्न सिकेका थिए। उनीहरु मैदानको खेलमा अभ्यस्त भइसकेका थिए। तर, क्रिकेट राजनीति बुझ्न भने लामो समय लाग्यो। जब बुझे, त्यो राजनीतिमा जब्बर भएर आए।

अहिले शक्तिशाली बनेको भारतले पनि खेलको नियम उसरी नै परिवर्तन गर्ने गरेको छ। भारतको हस्तक्षेप मन पराउने पनि उत्तिकै छन्। अहिले आईसीसीका नियम हेरफेरमा भारतको ठूलो हात हुन्छ, जुन कुनै बेला इङ्ल्याण्डको हुन्थ्यो।

आतंकवादी गतिविधिका कारण विगत केही वर्ष यता पाकिस्तानको क्रिकेट प्रभावित भएको छ। पाकिस्तानले विश्वको कुनै पनि ठाउँमा भन्दा धेरै आतंकवादी उत्पादन गर्ने गरेको इङ्ल्याण्ड जस्तो क्रिकेटमा प्रभुत्व जमाएको देशको आरोप छ। इङ्गल्याण्डले पाकिस्तानी र ब्रिटिश पाकिस्तानीहरूलाई प्राथमिक आतंकवादी खतराको रूपमा मान्छ। पाकिस्तानलाई तेस्रो मोर्चा (इराक र अफगानिस्तान पछि) भनिन्छ।

केही वर्षअघि लाहोरमा श्रीलंकाको क्रिकेट टोलीमाथि भएको आतंकवादी हमलाले विदेशी टोलीलाई त्रसित बनाएको छ। यहीकारण लामो समय कुनै पनि देश पाकिस्तान भ्रमणमा गएनन्। अहिले पनि टेस्ट खेल्न अधिकांश देश त्यहाँ जान इच्छुक छैनन्। पाकिस्तानीहरूले घरमा विश्वस्तरीय क्रिकेट देख्न र विश्वले त्यहाँ खेल्न ‘मिस’ गर्दै आएको छ। 

पाकिस्तानले पछिल्लो समय आईसीसीको मुख्य कार्यालय रहेको दुबईलाई घरेलु मैदान बनाउँदै आएको छ। विदेशी भूमिमा अभ्यास गरे पनि उसले कम्तिमा एक पुस्तालाई पुग्ने क्रिकेट खेलाडीहरु पाकिस्तानबाट उत्पादन गर्दै आएको छ।

उसको देशको अवस्था पनि क्रिकेटलाई सुहाउने नै मान्नुपर्छ। मुस्लिमहरुको बाहुल्य रहेको पाकिस्तानमा अन्य देशमा भन्दा अग्ला र फुर्तिला खेलाडी छन्। पूर्व क्रिकेटर इमरान खानजस्ता खेलाडीको प्रेरणा पाएका बलर शाहिन अफ्रिदीले यो विषय प्रमाणित गरेका छन्।

तर, क्रिकेटको सीमान्तीकरणले पाकिस्तानलाई वास्तवमै गरिब बनाएको छ। यद्यपि, पाकिस्तानले क्रिकेटमार्फत् राजनीतिको शक्तिलाई पराजित गरेको छ। पाकिस्तानले विश्वकप अगाडि मात्रै इंग्ल्याण्डमा अष्ट्रेलियाविरुद्ध घरेलु शृंखला खेलेको थियो। र, जब पाकिस्तानी खेलाडीहरु बल र ब्याट लिएर मैदान उत्रिन्थे उनीहरुलाई हेर्नेहरुको भिड पनि उत्तिकै देखिन्थ्यो। ती भिड पाकिस्तानी क्रिकेट समर्थककै थिए।

पाकिस्तान इंग्ल्याण्डका लागि आतंकवादको तेस्रो मोर्चा हुन सक्छ, तर क्रिकेटमा पाकिस्तानको लागि इंग्ल्याण्ड ‘घरेलु मोर्चा’ हो। उनीहरू भन्छन्, ‘क्रिकेट गौरवशाली तर, अनिश्चितताको खेल हो। क्रिकेटको पावरबेस इंग्ल्याण्डबाट भारत र घरेलु बेस पाकिस्तानबाट इंग्ल्याण्डमा सारिएको छ।’

सायद विश्व क्रिकेटको शक्ति सन्तुलनमा यी परिवर्तनहरू क्रिकेटमा मात्र सीमित छन्। अर्कोतर्फ यस्ता पछिल्ला घटना विश्वव्यापी वास्तविकतामा गहिरो परिवर्तनको लागि अग्रगामी हुन सक्छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप मंगलबार, भदौ २, २०८३
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन मंगलबार, भदौ २, २०८३
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्