काठमाडौं–हवाई सेवा प्रदायक कम्पनीले भाडादर बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर उनीहरुले हवाई भाडा बढाएका हुन्। निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँले वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढेको हो।
बढेको भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी छ। यो रूटको फ्युल सरचार्ज २२० ले बढेको छ भने दोस्रोमा काठमाडौं–सुर्खेतको छ। यो रूटमा १७५ ले भाडादर बढेको छ।
यसैगरी काठमाडौं–भैरहवा रूटको सरचार्ज पनि १०५ ले बढेको छ भने काठमाडौं–पोखराको ८० रुपैयाँ बढेको छ।
हाल वृद्धि भएको भाडादर सोमवारदेखि लागू हुने संघले जनाएको छ। निगमले रू. ५ ले हवाई इन्धनको मूल्य बढाएसँगै अहिले प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।