काठमाडौं- नेपाल एयरलाइन्सको सिधा उडान नहुने विभिन्न ९ गन्तव्यमा समेत यात्रुलाई सेवा दिन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुसँग सम्झौता गरेको छ।
सम्झौतासँगै अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले युरोपका विभिन्न सहरहरु, अस्ट्रेलिया, दक्षिण कोरिया तथा बहराइन र कुवेतमा यात्रा गर्नसक्ने भएका छन्।
यसका साथै अमेरिकाका विभिन्न सहरहरुमा पनि यस प्रकारका उडान गर्न समन्वय भइरहेको कम्पनीले जानकारी दिएको छ।
सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौताले यात्रुलाई निकै सहज पुग्ने विश्वास लिइएको छ।
एयरलाइन्सको टिकटमार्फत जान सकिने गन्तव्य र सम्झौता भएका कम्पनी:-
काठमाडौं–बैंकक–सिओलः नेपाल एयरलाइन्स/थाई एयरवेज
काठमाडौं–बैंकक–सिड्नीः नेपाल एयरलाइन्स/थाई एयरवेज
काठमाडौं–बैंकक–टोकियोः नेपाल एयरलाइन्स/अल निप्पोन एयरलाइन्स
काठमाडौं–दोहा–कुवेतः नेपाल एयरलाइन्स/कुवेत एयरवेज
काठमाडौं–दुवई–कुवेतः नेपाल एयरलाइन्स/कुवेत एयरवेज
काठमाडौं-दुवई–जुरिचः नेपाल एयरलाइन्स/इमिरेट्स
काठमाडौं-दुबई–लण्डनः नेपाल एयरलाइन्स/इमिरेट्स
काठमाडौं-दुबई–फ्य्राङ्कर्फटः नेपाल एयरलाइन्स/इमिरेट्स
काठमाडौं-दुबई–पेरिसः नेपाल एयरलाइन्स/इमिरेट्स
काठमाडौं-दुबई–बहराइनः नेपाल एयरलाइन्स/इमिरेट्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।