• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हदबन्दीभन्दा बढी भएकाले ‘टार्गेट’मा पर्‍यो गायक योगेश्वर अमात्यको जग्गा

मूल्यांकनकर्ता पक्राउ पर्दा स्वीकृतकर्तालाई उन्मुक्ति दिएर फाइल पेस !
64x64
नारायण अधिकारी बिहीबार, कात्तिक २५, २०७८  २१:४७
1140x725

काठमाडौं– भूमिसम्बन्धी ऐन, २०२१ मा जग्गाको हदबन्दीका बारेमा उल्लेख छ। ऐनको दफा ७ अनुसार व्यक्ति तथा संस्थाका लागि पहाडमा ७० रोपनी, उपत्यकामा २५ रोपनी र भित्री मधेस तथा तराईंमा १० बिघा (१३५ रोपनी) हदबन्दी तोकिएको छ। जसकारण १० बिघाभन्दा बढी जग्गा नटुक्र्याइ किनबेच गर्न मिल्दैन। 

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा रहेको विषय घरजग्गाको कारोबार गर्ने कसुन प्रधानसहितको समूहले जानकारी पाएको थियो। १२ बिघा जग्गा एकैपटक बेच्न नमिल्ने र टुक्र्याएर बेच्दा लामो प्रक्रिया लाग्ने, अर्कोतर्फ ‘यो जग्गा बिक्रिमा छैन’ भनेर बोर्ड नै बनाएर राखेकाले तत्काल कारोबार नहुने हुँदा सुरक्षित ठानेर गायक अमात्यको जग्गाको नक्कली कागजात बनाइ कर्जा लिएको देखिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकारीले बताएका छन् ।

सीआईबीका अनुसन्धान अधिकारी भन्छन्, ‘नक्कली कागजात बनाएकै भरमा बिना धितो १९ करोड रुपैयाँ वर्षौं चलाउन पाइने, त्यसका लागि अमात्यको जग्गा सुरक्षित देखेपछि नक्कली कागजात बनाएर कारोबार गरेको देखिन्छ।’

यो कारोबारमा अमात्यको जग्गाको बारेमा राम्रो जानकार भएका व्यक्तिले सबै सूचना दिएपछि मात्रै सम्भव भएको र उनीहरु अहिले फरार भएको सीआईबी स्रोतले नेपाल लाइभलाई बतायो। 

मूल्यांकनकर्ता पक्राउ पर्दा स्वीकृतकर्तालाई उन्मुक्ति दिएर फाइल पेस!
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ निकालिएको प्रकरणमा मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृतकर्ताले भने उन्मुक्ति पाएका छन्।

मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृत गर्ने काठमाडौंस्थित न्यूरोड शाखाका कर्मचारीदेखि बैंकको केन्द्रीय कार्यालय नक्सालसम्मका कर्मचारीमाथि सामान्य सोधपुछ मात्रै भएको पाइएको छ। जबकि १ करोड रुपैयाँ भन्दा बढी कर्जाका लागि केन्द्रीयकार्यालयबाट स्वीकृत लिनुपर्ने प्रावधान छ। अमात्यको जग्गा राखेर १९ करोड कर्जा लिने बेलामा पनि कागजात केन्द्रीय कार्यालयसम्म पुगेको थियो। नक्सालस्थित केन्द्रीय कार्यालयका कर्मचारीले समेत स्वीृकत गरेपछि बल्ल १९ करोड कर्जा प्रवाह भएको थियो। तर, नक्कली कागजातलाई स्वीकृत गर्ने केन्द्रीय कार्यालयका कर्मचारी भने अहिलेसम्म कानूनी दायरामा आउन सकेका छैनन् ।

उनीहरुलाई उन्मुक्ति दिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फाइल पेस गरेको छ। पक्राउ परेको २१ दिनमा यस प्रकरणको अनुसन्धान सकेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान फाइल पेस गरेको छ । उक्त फाइलमा लिखत सम्बन्धी कसुरको सरकारी कागजात कीर्ते कसुरमा कुमारी बैंकको पर्सा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसन प्रधानलाई विपक्षी बनाउँदै पेस गरेको हो। 

त्यसैगरी पर्सा शाखाकै सहायक म्यानेजर राजेश साह, शोभा श्रेष्ठसहति चार जनालाई फरार प्रतिवादी बनाइएको छ। तर, न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारी भने प्रतिवादी छैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

स्रोतका अनुसार बैंकका सिइओ अनुजमणि तिमिल्सिनालाई सीआईबीले कार्यालयमै बोलाएर दुईपटक सामान्य सोधपुछ गरेर छाडेको थियो। त्यसबाहेक कुमारी बैंकका अन्य कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरेको छैन। सीआईबीका निर्देशक, डिआइजी धीरजप्रताप सिंह भने बैंकमाथि पनि अनुसन्धान गर्दा केही नदेखिएको बताउँछन्। ‘हामीले बैंकमाथि पनि अनुसन्धान गर्‍यौं तर, पर्सा शाखाका कर्मचारी बाहेक अन्य व्यक्तिको गल्ती देखिएन’, डिआइजी सिंहले नेपाल लाइभसँग भने । 

सबै कागजात नक्कली !
गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा एके र मुक्तिलालले आफ्नो कम्पनी डेनियलको नाममा ल्याउने क्रममा सम्पूर्ण कागजात नक्कली बनाएको पाइएको थियो। राजीनामा पासदेखि मालपोतबाट जग्गा रोक्का, लालपूर्जा, स्थानीय प्रतिनिधिसहितको रोहबरको जग्गाको चारकिल्लाको विवरणलगायत सबै कागजात नक्कली बनाएको पाइएको सीआईबीले उल्लेख गरेको छ। 

विभिन्न प्रपञ्च रचेर नक्कली कागजात राखी कर्जा निकाल्ने योजना वैशाखबाटै बनेको पाइएको छ। त्यसपछि जेठमा उनीहरुले ऋण निकाल्न कुमारी बैंकको न्यूरोड शाखामा प्रस्ताव बुझाएका थिए। 

त्यसपछि साउन १० गतेको मिति राखेर राजीनामा पास भएको नक्कली कागजात बनाइएको देखिन्छ। उक्त १२ बिघा जग्गाको भ्यालुएसन कसुन प्रधानको डाइनामिक कम्पनीबाट भएको पनि खुलेको छ। उनले ३९ करोड रुपैयाँ भ्यालुएसन गरेका थिए। 

त्यस्तै मालपोतमार्फत जग्गा रोक्का भएको कागजात समेत नक्कली बनाएको पाइएको छ। कुमारी बैंकका सिइओ अनुजमणि तिमिल्सिनाको समेत नक्कली बनाएको अनुसन्धानमा खुलेको छ। यद्यपी हाल पक्राउ परेका बैंकका कर्मचारीले भने मालपोत कार्यलयमै गएर सहीछाप गरेकाले मालपोतबाटै गल्ती भएको दाबी गरेका छन्।

जग्गा रोक्काको कागजात नक्कली वा सक्कली भन्ने विषयमा बाराको मालपोत कार्यालयको छापसँग मेल खाने/नखाने पुष्टि गर्न जाँचका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको सीआईबी स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्