काठमाडौं- पछिल्ला केही दिनदेखि बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुलको सम्बन्धका विषयमा चर्चा चलिरहेको छ। क्रिकेटेर राहुलले अथियाको जन्मदिनमा एउटा पोष्ट गरेर त्यसलाई यथार्थ नजिक पुर्याइदिएका छन्।
उनले उक्त पोष्टमा लेखेका छन्, 'जन्मदिनको धेरै धेरै बधाई मेरी अथिया।' उक्त पोष्टमा फिल्म र क्रिकेट क्षेत्रका व्यक्तिहरुले प्रतिक्रिया जनाइरहेका छन्। पञ्जाव किङ्सका क्रिकेटर मन्दीप सिंहले अथियालाई 'भाभी' भनेका छन्।
राहुलका पोष्टमा अनुष्का शर्मा, सैयामी खेर, सानिया मिर्जा, हार्दिक पांड्या, सिकंदर खेरलगायतले कमेन्ट गरेका छन्। कतिले प्रेम दर्शाउने इमोजी प्रस्तुत गरेका छन्।
एक रिपोर्ट्सका अनुसार इंग्ल्यान्डको खेलमा केएलसँगै अथिया पनि पुगेकी थिइन्। अथियालाई लैजानुअघि क्रिकेट बोर्डसँग आफ्नी प्रेमिका भनेर अनुमति मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।