काठमाडौं– यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर्ड उडान सुरु गरेको छ।
तारा एयरले पनि साताको तीन दिन उडान गर्ने गरी शुक्रवारदेखि नेपालगञ्ज–पोखरा चार्टर उडान सुरु गरेको हो।
भारतीय पर्यटकको आगमन बढेसँगै ताराले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर्ड उडान गर्ने बताएको छ।
तारा एयरको जहाजबाट प्रादेशिक चार्टर्ड उडान सुरु गरिएको जनाउँदै कम्पनीले चाँडै नै अन्य गन्तव्यमा नियमित प्रादेशिक उडान गर्ने योजना बनाएको छ।
हाललाई नन सेडुल प्रादेशिक उडान सुरु गरेको कम्पनीले सेडुल प्राप्त हुनासाथ नियमित उडान गर्ने जनाएको छ।
तारा एयरका चार वटा जहाजमध्ये हाल दुईवटा जहाज नेपालगञ्ज र पोखरा बेस रही उडान गर्दै आएको छ।
नेपालगञ्ज–पोखरा चार्टर्ड उडानका लागि न्यूनतम भाडादर ७ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले यसअघि नै उक्त रुटमा नियमित उडान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।