काठमाडौं- जापानकी राजकुमारी माकोले हालसालै शाही परिवारलाई त्याग्दै प्रेमी केई कोमुरोसँग विवाह गरिन्।
राजपरिवारको सुखशयल त्यागेर प्रेमीसँग विवाह गरेको भन्दै उनको प्रशंसा र ओलोचना भएको थियो।पछिल्लो दिन भने राजकुमारी माकोका पति कोमुरो एक परीक्षामा फेल भएको बारे चर्चा चलिरहेको छ।
अंग्रेजी पत्रिका डेली मेलको एक रिपोर्ट अनुसार राजकुमारी माकोका पति कोमुरो न्यूयोर्क स्टेट बारको परीक्षामा फेल भएका छन्।
कोमुरोले यस वर्ष गर्मीको शुरुआतमा न्यूयोर्क स्टेट बारको परीक्षा दिएका थिए जसको रिजल्ट शुक्रबार न्यूयोर्क स्टेट बोर्ड अफ ल एक्जामिनर्सको वेवसाइटमा राखिएको थियो तर सफल उम्मेदवारहरुमा उनको नाम थिए।
परीक्षामा असफल भएपनि कोमुरोले पढाइ जारी राख्ने र फेब्रुअरीमा फेरि परीक्षा दिने जनाएको डेली मेलमा उल्लेख गरिएको छ।
२९ वर्षीया माको जापानका पूर्व सम्राट अकिहितोकी नातनी हुन्। कोमुरो एक सामान्य परिवारका हुन् र अमेरिकाको एक ल कम्पनीमा काम गर्छन्।
कोमुरोले २०१३ मा माकोलाई प्रपोज गरेका थिए।
विवाहसँग राजकुमारी माकोको शाही पद खारेज भएको छ। जापानमा कुनै सामान्य व्यक्तिसँग विवाह गरे शाही पद समाप्त हुन्छ। यति मात्र होइन माकोले शाही परिवारबाट कुनै पनि रकम लिन अस्वीकार गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।