काठमाडौं- ब्राजिल आफ्नो देशले हरितगृह ग्यास उत्सर्जनलाई सन् २०३० सम्ममा ५० प्रतिशतले घटाउने प्रतिबद्धता व्यक्त गरेको छ।
स्कटल्याण्डको ग्लासगोमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप(२६ मा ब्राजिलका वातावरणमन्त्री जोआकिम पेरेरा लेइटले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्।
यता, अमेरिकी राष्ट्रपति जो वाइडेनले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न यस दशकमा चालेका कदमहरू भावी पुस्तालाई हुने असरबाट जोगाउन निर्णायक हुने बताए।
‘यदि हामीले यो क्षणलाई सदुपयोग गर्न असफल भयौं भने हामीमध्ये कोही पनि आउन बाँकी रहेको सबैभन्दा खराबबाट बच्न सक्दैनौं,’ उनले भने।
यता, जलवायु सम्मेलनमा बोल्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सन् २०२५ सम्ममा स्पेनले जलवायु वित्तलाई ५० प्रतिशतले वृद्धि गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।