काठमाडौं- अमेरिका र दक्षिण कोरियाले औपचारिक घोषणाबिनै संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।
‘भिजिलेन्ट एस’ नाम दिएको संयुक्त सैन्य अभ्यास औपचारिक घोषणाबिनै र कुनै नाम नदिइकनै सुरु गरिएको हो।
सियोलस्थित एक सैनिक अधिकारीका अनुसार सोमबार अमेरिकी र दक्षिण कोरियाली वायु सेनाका केही युनिटलाई संयुक्त सैन्य अभ्यासमा परिचालन गरिएको छ।
दक्षिण कोरियाको योनहाप समाचार माध्यमका अनुसार उक्त सैन्य अभ्यास ५ दिनसम्म हुने छ। सैन्य अभ्यासमा दक्षिण कोरियाका केएफ–१६ र एफ–१५ के तथा अमेरिकाको एफ–१६ लडाकुविमानसहित दुवैतर्फबाट एक सय विमान सहभागी हुने समाचारमा उल्लेख छ।
दक्षिण कोरियाको वायु सेनाले वार्षिक योजनाबमोजिम संयुक्त सैन्य अभ्यास गरिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।