काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट विश्वमा दुई वर्षभन्दा कम अवधिमा ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ।
सोमबार जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार ४२५ पुगेको हो।
अमेरिकामा मात्रै कोरोना संक्रमणबाट ७ लाख ४५ हजार ८३६ जनाको मृत्यु भएको छ। अमेरिका विश्वभर सबैभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो देश बनेको छ।
सन् २०१९ को अन्त्यमा चीनमा पहिलोपटक देखा परेको कोरोना भाइरस विश्वभरी नै फैलिरहेको छ।
कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि धेरै देशहरुले २०२० मा लकडाउनसमेत गरेका थिए। तर, एक वर्षसम्म गरिएको लकडाउनले आर्थिक क्षेत्र नै डामाडोल पारेपछि प्राय: देशले लकडाउनलाई खुकुलो बनाउँदै गए।
यही बीचमा कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणको लागि भन्दै खोपको विकासलाई पनि द्रुतगति अगाडि बढाइयो।
जसले चिकित्सकीय रूपमा गम्भीर संक्रमण, अस्पतालमा भर्ना र कोरोनाबाट हुने मृत्युलाई कम गरेको छ।
यसले नाटकीय रूपमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिहरूको संख्यालाई घटाउन मद्दत गरेको छ। विशेष गरी पश्चिमी राष्ट्रहरूमा जहाँ खोप कार्यक्रमहरू उन्नत चरणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।