काठमाडौं- यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाको 'एफ जेड भीथ्री एक्स-कनेक्ट' मोडल नेपालमा भित्र्याएको छ। कम्पनीले सोमबार एक समारोहबीच उक्त मोटरसाइकल सार्वजनिक गरेको हो।
वि.सं. २०६५ मा एमएडब्ल्यू प्रालिले यामाहाको एफ जेड-१६ पहिलोपटक 'लर्ड अफ द स्ट्रिट' नाराका साथ नेपाली बजारमा ल्याएको थियो। आफ्नो सुरुआती दिनहरूदेखि नै यामाहाले नेपाली बाइकप्रेमीहरूको मन जित्ने कोसेढुङ्गा पार गर्दै आएको कम्पनीको दाबी छ।
'जसको एउटा उदाहरण एभरेष्ट बेस क्याम्पमा पुग्न सफल हुने पहिलो बाइक हो। यामाहा, विशेषत: बाइकप्रेमी युवा पुस्ताहरूले सर्वाधिक मन पराइएको बाइकहरूमध्ये एक हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'आफ्नो समयका बाइकहरूभन्दा सदैव अगाडि रहन सफल यामाहा हरेक पल्ट आफ्ना शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा आउने गरेको छ।'
यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफ जेड एस भिीथ्री एक्स कनेक्ट डिजाइन गरिएको कम्पनीले जनाएको छ।
नेपाली बजारमा यसको मूल्य तीन लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। भीथ्रीमा सबैभन्दा ठूलो सुविधा यसमा जडित ब्लुटुथ रहेको कम्पनीको भनाइ छ। जसमार्फत् गुगल प्ले-स्टोर र आईओएसमा पाइने 'यामाहा मोटरसाइकल कनेक्ट एक्स' नि:शुल्क डाउनलोड गरी यो बाइकको स्मार्ट मोडको छ जीवन सुलभ बनाउने सुविधा लिनसकिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।