काठमाडौं- अमेरिकाको एक सहरमा पाइपमार्फत वितरण गरिएको पानी प्रयोग नगर्न अधिकारीहरुले आग्रह गरेका छन्।
अमेरिकाको मिशिगनका अधिकारीहरुले एक आपतकालीन घोषणा जारी गरेका हुन्। उनीहरुले बन्टन हार्बरका बासिन्दासँग घरहरुमा पाइपमार्फत पुगको पानीको प्रयोग खाना बनाउन, तरकारीहरु धुन र ब्रस गर्न प्रयोग नगर्न आग्रह गरेका हुन्।
अमेरिकी शहर शिकागोबाट केही घण्टाको दूरीमा रहेको बेन्टन हार्बरमा पछिल्लो ३ वर्ष यता अवस्था यस्तै रहेको बीबीसीले जनाएको छ। वितरण गरिएको पानीको प्रयोग गर्दा बिरामी पर्ने गरेका छन्।
पानीमा सीसाको मात्र धेरै फेला परेको जनाइएको छ।
बेन्टन हार्बर कम्यूनिटी वाटर काउन्सिलका प्रमुख रेवेरेन्ड एडवर्ड पिन्कले बताए, "२०१८ बाट नै यो क्षेत्रको जल आपूर्तिमा सीसाको मात्र धेरै पाइएको छ। खतरनाक स्तर भन्दा धेरै तर यसको उपयोगिता अब रोकिएको छ।''
२०१८ सालमा प्रकाशित आँकडा अनुसार यो क्षेत्रका पानीमा सीसाको मात्र २२ पार्टस प्रति अरब थियो। जो जनवरीबाट जुन २०२१ मा बढेर २४ पुगेको छ।
जलवायु परिवर्तनका कारण पानी विषाक्त भएको पर्यावरणविदहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।