काठमाडौं– भारतमा पेट्रोलियम पदार्थको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार लगातार पाँचौ दिन पनि देशभर पेट्रोलियम पदार्थ महँगिएको हो।
सरकारी तेल कम्पनीहरुले पनि आइतबार डिजेल र पेट्रोल दुवैको भाउ प्रतिलिटर ३५ पैसा बढाएका थिए। आइतबार दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपया ३४ पैसा तथा डिजेलको भाउ ९८ रुपया ७ पैसा पुगेको छ।
त्यसैगरी मुम्बईमा पेट्रोल र डिजेल क्रमशः प्रतिलिटर ११५ रुपया १५ पैसा र १०६ रुपया २३ पैसा पुगेकोे छ।
भारतका अन्य प्रदेशमा पेट्रोलको भाउ १२१ रुपयाभन्दा माथि पुगिसकेको समाचारहरुमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।