काठमाडौं– चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा विद्युतीय कारोबारको व्यवस्था गरिएको छ।
आइतबार आयोजित एक कार्यक्रमबीच सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरी तरकारी बजारमा विद्युतीय भुक्तानीको व्यवस्था गरेका हुन्। व्यवस्थासँगै व्यापारी तथा उपभोक्तालाई सहज हुने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।
उक्त तरकारी तथा फलफूल बजारमा विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले बताए।
तरकारी किन्न आएका ग्राहकले पनि विद्युतीय कारोबारको व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन । तरकारी किन्नका लागि पुगेका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले सजिलो बनाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।