काठमाडौं– बालबालिका केन्द्रित रियालिटी शो ‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेदेखि प्रशारण हुने भएको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको गायन रियालिटी शो हरेक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुने भएको हो।
कार्यक्रमको निर्माण पक्षकाअनुसार हाल डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धिहरुको ‘ब्लाइन्ड अडिसन’ भइसकेको छ। कार्यक्रम प्रसारणका लागि उक्त अडिसनको छायांकन भइसकेको छ भने हाललाई ब्लाइन्ड अडिसनपछिको ब्याटल राउन्डको छायांकन हुँदै छ। ब्याटल राउण्डपछि उत्कृष्टताका आधारमा प्रतिस्पर्धिहरु छानिँदै जानेछन्।
बालबालिकाको गायन क्षमताको प्रोत्साहन र उनीहरुको विभिन्न हाउभाउसहित प्रस्तुति शैलीलाई कार्यक्रमको मूल कुराको रुपमा प्रस्तुत गर्न खोजिएको कार्यक्रमका निर्देशन लक्ष्मण पौडेलले बताएका छन्।
कार्यक्रममा कोचको भूमिकामा गायक राजु लामा, गायक प्रमोद खरेल, गायिका मिलन नेवार र गायिका प्रविशा अधिकारी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।