काठमाडौं- चीनले जैविक मलको एउटा अर्डर रद्द भएपछि श्रीलंकाको एउटा बैंकलाई कालोसूचीमा राखेको छ।
भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दु’ का अनुसार चीनले जैविक मलको एउटा अर्डरको सम्भावनामा ‘दुर्भावनावूर्ण’ लेटर अफ क्रेडिट ‘डिफल्ट’ लाई उद्धृत गर्दै श्रीलंकाको एउटा शीर्ष सरकारी बैंकलाई कालोसूचीमा राखेको हो।
अघिल्लो वर्ष मार्चमा नै श्रीलंकाले अचानक रसायनिक मलको साटो जैविक मलको प्रयोग गर्ने निर्णय गरेको थियो। श्रीलंकाले हालै चीनको एउटा कम्पनीलाई जैविक मलको अर्डर दिएको थियो।
तर, श्रीलंकाले जैविक मल ल्याउने एक चिनियाँ जहाजमाथि रोक लगाएको थियो। यसमा केही हानिकारक ब्याक्टेरिया पाइएको थियो।मल दूषित पाइएका कारण श्रीलंकाली अधिकारीले चीनबाट आएको खेप फिर्ता गरिदिएको समाचारमा उल्लेख छ।
समाचार एजेन्सी एएफपीका अनुसार एक वाणिज्यिक उच्च न्यायालयले चिंगदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडलाई ९६ हजार टन मलका लागि कुनै पनि भुक्तानीमाथि प्रतिबन्ध लगाइएको थियो।
यस्तै, लेटर अफ क्रेडिट दिने बैंकले कम्पनीलाई भुक्तानी गर्न अस्वीकार गरेको थियो। चीनको वाणिज्य मन्त्रालयले यो ‘डिफल्ट’ का कारण श्रीलंकासँग अन्तरराष्ट्रिय व्यापारमा चीनको उद्योगलाई ‘ठूलो हानी’ भएको दाबी गरेको छ।
दुवै देशबीच चलिरहेको यो विवादबीच श्रीलंकामा कृषि संकट पैदा हुन सक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।