काठमाडौं- भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खान २८ दिनपछि आर्थर रोड जेलबाट रिहा भएका छन्।
आर्यनलाई लिन अभिनेता शाहरुख जेलमा पुगेका थिए। बुवाको गाडीमा बसेर आर्यन मन्नतका लागि निस्किएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अदालतले शुक्रबार नै आर्यनलाई क्रुजमा ड्रग्स प्रकणमा जमानत दिएको थियो तर कागजी प्रकृया पूरा नभएपछि उनले एकरात बढी जेलमा बिताउनु परेको थियो एक रात उनले जेलमा बस्नु परेको थियो।
जेलबाहिर सञ्चारमाध्यको बाक्लो उपस्थिति थियो भने सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको थियो।
आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले २ अक्टोबरमा एक क्रुज सिपमा पार्टीमाबाट गिरफ्तार गरिएको थियो यसमा प्रकरणमा २० जना पक्राउ परेका थिए।
एनसीबीले आर्यन खानबाट ड्रग्स फेला पारेको थिएन तर अदालतमा पेस गरिएको दाबी अनुसार उनको ह्वाट्सएप च्याटबाट उनी अवैध ड्रग्स तस्करीमा संलग्न थिए।
ड्रग्स घटनामा आर्यनका साथ पक्राउ परेका अरबाज मर्चेन्ट र मोडल मुनमुन धमीचाले पनि जमान पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।