काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भेटवार्ता भएको छ।
शुक्रबार रोममा भएको भेटमा अमेरिकी राष्ट्रपति वाइडेनले अकास सम्झौताले 'असहज' महसुस गरेको बताएका छन्।
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको अकास सुरक्षा समझौतापछि दुई देशका राष्ट्रपतिबीच पहिलोपटक भेटवार्ता भएको हो।
यस सम्झौताका कारण फ्रान्सले अस्ट्रेलियासँग भएको ३७ बिलिलयन अमेरिकी डलरको डिल गुमाउनु परेको थियो।
समझौताको समाचार सार्वजनिक भएसँगै फ्रान्स र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको थियो।
यो भेटवार्ता रोममा हुने जी-२० र ग्लासगोमा सीओपी २६ समिट भन्दा पहिला अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुसँग गर्ने भेटमध्येको एक थियो।
भेटका क्रममा वाइडेनले भने, “हामी जे गर्यौं त्यो असहज थियो। मैले फ्रान्सलाई यसबारेमा पहिला नै जानकारी भएको ठानेको थिए।
अकस समझौतामा आर्टिफिशियल इन्टेलिजेन्ससमेत कयौं अन्य प्रविधी शामिल छ। यो पछिल्लो केयौं दशकमा अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्झौता हो। यसलाई चीनलाई रोक्ने प्रयासका रुपमा हेरिएको छ।
बैठकमा दुबै नेताले आगामी दिन सहकार्य र विश्वासको वातावरण निर्माण गरेर अघि बढ्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।