काठमाडौं- बेलायती महारानीलाई चिकित्सकहरुले दुई साता आराम गर्न सुझाव दिएका छन्। चिकित्सकहरुको सुझावसँगै बकिंघम प्यालेसले आगामी दुई साता महारानीले कुनै यात्रा नगर्ने जनाएको छ।
९५ वर्षीया महारानीले उक्त समयमा सामान्य कामहरु गर्नसक्ने दरबारले जनाएको छ। बकिंघमले १३ नोमेम्बरमा सेनोटाफमा आइतबारको कार्यक्रममा भाग लिने महारानीको 'इच्छा' रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ।
उत्तरी आयरल्याणडको यात्रा रद्द गरेपछि २० अक्टोबरमा अस्पतालमा उनको प्रारम्भिक जाँच गरिएको थियो।
उनले यसै साताको मंगलबार विन्डसर क्यास्टेलबाट भर्चुअलरुपमा राजदूतहरुसँग कुराकानी गरेकी थिइन्।
महारानी ग्लासगोमा आयोजना हुने जलवायु परिवर्तन शिखर सम्मेलनमा सहभागी हुनेछैनन्। त्यसका लागि महारानीको भिडियो सन्देश पठाइने भएको छ। उनले शुक्रबार दिउँसो भाषण रेकर्ड गराएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।