काठमाडौं- साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक युवक जेलबाट रिहा भएका छन्।
केही वर्षअघि अली अल-निमर नामका यी युवकलाई साउदीको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।
सन् २०१२ मा सरकार विरोधी प्रदर्शनका क्रममा हिरासतमा लिइँदा उनी १७ वर्षका थिए।
साउदी अरबका शिया अल्पसंख्यकहरूले यी विरोध प्रदर्शनहरू गरेका थिए। अलीलाई साउदीको अदालतले सार्वजनिक रूपमा टाउको काट्ने सजाय सुनाएको थियो।
साउदी अदालतको यो निर्णयविरुद्ध विश्वभर आवाज उठेको थियो। अली शिया नेता शेख बाकिर अल-निमरका भतिजा हुन्, जसलाई राष्ट्रिय एकतालाई कमजोर बनाएको आरोपमा २०१६ मा मृत्युदण्ड दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।