काठमाडौं- म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई २० वर्षको जेल सजाय सुनाइएको छ।
देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता यू विन एचटिनलाई विशेष अदालतले २० वर्षको कैद सजाय सुनाएको हो।
‘यू विन एचटिनलाई विशेष अदालतले धारा १२४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको छ,’ वकिल माइन्ट थ्विनले एएफपीसँग भने।
संसदका पूर्व सदस्यसमेत रहेका नेता एचटिन पुर्पक्षपछि जुन्ता प्रशासनले यति लामो कैँद सजाय सुनाएका सुकीको नेशनल लिग फर डेमोक्रेसीको पहिलो उच्च पदस्थ सदस्य हुन्।
८० वर्षीय उनी लामो समयदेखि राजनैतिक कैदी हुन्। उनी लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए।
गिरफ्तार हुनुभन्दा तीन दिनअघि उनले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।