काठमाडौं- शारदा ग्रुपअन्तर्गतको कम्पनी एसपीजी अटोमोवाइल्स प्रालिले नेपालमा ‘चेरी टिग्गो ४ प्रो एसयूभी लञ्च’ गरेको छ। एसपीजी अटोमोबाइल्स चेरी अटोमोवाइल्स कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो।
चेरी टिग्गो ४ प्रो एसयूभी तीन भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ‘१.५ लि. नेचरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेचरल्ली एस्पिरेटेड सीभीटी र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सीभीटी इञ्जिन गरी तीन भेरियण्टमा उपलब्ध छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार नेचरल्ली एस्पिरेटेड इञ्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पीएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चार्जड सीभीटी इञ्जिनले अधिकतम पावर ११५ किलोवाट (१४७ पीएस) तथा अधिकतम पावर २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ। टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले जनाएको छ।
टिग्गो ४ प्रो १.५ लिटर भेरियण्टको बजार मूल्य ४६ लाख २० हजार रुपैयाँ रहेको छ। यस्तै १.५ लिटर सीभीटीको ५२ लाख ५० हजाार र १.५ लिटर टर्बो सीभीटीको मूल्य ५८ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।