काठमाडौं- कानुन व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एसोसियसनमा दुई अधिवक्ताबीच भएको कुटपिटमाथि कलाकार दीपकराज गिरीले व्यङ्ग्य गरेका छन्।
शुक्रबार बार एसोसियसनमा अभिवक्ता भूमिनन्द चुडाल र अभिवक्ता विराट न्यौपानेबीच कुटाकुट भएको थियो। यही घट्नामाथि व्यङ्ग्य गर्दै कलाकार गिरीले सामाजिक सञ्जालमा बारको अगाडि रेस्टुरेण्ट शब्द थप्नुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन्।
गिरीले बारको अगाडि रेस्टुरेण्ट शब्द थपेपछि 'रेस्टुरेण्ट एण्ड बार' हुने र जति कुटाकुट गरे पनि हुने भन्दै बार एसोसियसनमा भएको घट्नालाई व्यङ्ग्य गरेका छन्।
‘कानुन व्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेस्टुरेण्ट’ शब्द पनि थप्ने हो कि?,’ गिरीले लेखेका छन्, ‘त्यसपछि रेस्टुरेण्ट एण्ड बार हुन्थ्यो। जति कुटाकुट गरे पनि भो।’
शुक्रबार बार एसोसियसनमा विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेको बेला अधिवक्ता चुडालमाथि अर्का अधिवक्ता न्यौपानेले कुटपिट गरेका थिए। इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भन्दै अन्तर्वार्ता दिइरहेका बेला आफूमाथि न्यौपानेले कुटपिट गरेको अधिवक्ता चुडालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।