काठमाडौं- भारतको जम्मू–कश्मीरस्थित डोडा जिल्लामा मिनी बस खाल्डोमा खस्दा ९ यात्रुको मृत्यु भएको छ। घटनामा अन्य १५ जना घाइते भएका छन्।
डोडाबाट जाँदै गरेको बस सुई गौरी क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। एकजनाको थप उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
प्रहरीका अनुसार घाइते मध्ये सात जनालाई उपचारको लागि जम्मूको सरकारी मेडिकल कलेज (जीएमसी) अस्पतालमा लगिएको छ। अन्यलाई डोडाको सरकारी अस्पतालमा भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।