काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन मिति फेरि सारिएको छ। मङ्सिर २४ देखि हुने नयाँ मिति तय गर्दै कांग्रेसको १४औं महाधिवेशन सारिएको हो।
यसअघि बुधबार २७ देखि गर्ने गरी मिति तय गरिएको थियो। योसँगै कांग्रेसको निर्वाचन कार्यतालिका नवौं पटक संशोधन भएको छ।
बिहीबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। बाँकी रहेका वडा अधिवेशन कात्तिक २७, पालिका अधिवेशन कात्तिक ३० मा हुनेगरी मिति तय गरिएको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले बताए। कांग्रेसले १३ जिल्ला वडा अधिवेशन गर्न बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।