काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ।
बिहीबार एक सूचना जारी गर्दै विभागले भनेको छ, 'अनलाइन आवेदन प्रणालीमा केही प्रविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सवैको जानकारीका लागि अनुरोध छ।'
आयोगले यसबाट सेवाग्राहीलाई हुने असुविधाका लागि क्षमा मागेको छ।
प्रणाली मर्मतको कार्य भइरहेको विभागले जनाएपनि कहिलेबाट पुन: आवेदन खुला हुन्छ भन्नेबारे भने केही उल्लेख गरिएको छैन।
कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत सोमबारदेखि सुरू भएको सेवा पुनः बन्द भएसँगै लाइसेन्स आवेदनका लागि कुरिरहेकाहरु समस्यामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।