काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ४ सय रुपैयाँमा पुगेको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी १२ सय ५० रुपैयाँमै कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।