काठमाडौं– युनिलिभर नेपालको वार्षिक साधारण सभा आज (बिहीबार) हुँदे छ। कम्पनीको कर्पोरेट कार्यालय नयाँ बानेश्वरमा हुने सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित हुनेछ।
कम्पनीको सञ्चालक समितिले प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहसम्बनधी विवरणसमेत अनजुमोदन गर्नेछ।
यसका सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।