काठमाडौं– बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। मंगलबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितो प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।