काठमाडौं– कुनै समयकी चर्चित र सफल नायिकामा पर्छिन् निरुता सिंह। लामो समयसम्म उनी देशबाहिर रहेकी थिइन्।
चलचित्र क्षेत्रबाट टाढा रहेकी निरुता हाल नेपाल फर्किएर एक रियालिटी कार्यक्रममा निर्णायकको भूमिकामा देखिने भएकी छिन्।
एक साताअघि नेपाल आएकी निरुता मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘डान्स च्याम्पियनसिप’मा निर्णायकको भूमिकामा देखिन लागेकी हुन्।
इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्म्सले प्रस्तुत गरेको उक्त कार्यक्रम २५ कात्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै छ। कार्यक्रममा निरुतासँगै जगत रावल र आश्मा विश्वकर्मा निर्णायकको रुपमा रहेका छन्।
डिजिटल अडिसन सकिएसकेको कार्यक्रमको मेगा अडिसन हुन लागेको कार्यक्रमको बारे जानकारी दिइएको पत्रकार सम्मेलानमा बताइएको थियो। निर्देशक गजित विष्टका अनुसार कार्यक्रम ३४ भागमा रहनेछ।
पत्रकार सम्मेलनमा निरुताले आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको भूमिका निभाउन पाउँदा निकै खुसी र उत्साहित भएको बताएकी थिइन्। उनले भनिन्, ‘मलाई तपाईंहरु सबैले माया र सहयोग गर्नुहुन्छ भन्ने आशा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।