काठमाडौं- ललितपुरको जाउलाखेलमा पुष्प प्रदर्शनीको आयोजना हुने भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले शुक्रबारदेखि चार दिन ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्न लागेको हो।
तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै प्रदर्शनी आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ। प्रदर्शनीमा ४८ स्टल रहनेछन्। प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धाका आधारमा उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।
मेलाको ३५ हजार भन्दा धेरैले अवलोकन गर्ने र ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ।
मेलामा स्वदेश तथा विदेशमा व्यावसायिक रुपमा उत्पादन हुँदै आएका विभिन्न जातका फूल र विरुवा प्रदर्शन तथा बिक्री वितरण गरिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।