काठमाडौं– नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन्।
सोमबार सम्पन्न मन्त्रिपरिषदको बैठकले उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो। बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्यापक हुन्।
बीमा क्षेत्रका विक्षका रुपमा परिचित घिमिरेले समय समयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।