काठमाडौं– मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै, नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ। घिमिरेले गत जेठ २८ गते सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।