complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन अनिश्चित

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ८, २०७८  २०:४९
1140x725

काठमाडौं– पटक–पटक सरेर आउँदो मंसीरका लागि तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बनेको छ। सातौं पटकसम्म फेरबदल गरेर बनाइएको कार्यतालिका प्रभावित भएसँगै तोकिएको मितिमा महाधिवेशन नहुने भएको छ।

मंसिर ९ देखि १३ को लागि तय गरिएको १४औं महाधिवेशन सर्ने निश्चित भएपनि नयाँ मितिको टुंगो लागेको छैन। तोकिएको समयमा महाधिवेशन नहुनुलाई संस्थापनइतरले सभापति शेरबहादुर देउवा पक्षलाई दोष लगाएको छ। देउवा पक्षले भने महाधिवेशनको कार्यतालिका निर्वाचन समितिले तय गरे अनुसार हुने बताएको छ।

निर्धारित समयअनुसार तल्लो तहको अधिवेशन हुन नसकेपछि यसअघि पनि पटक-पटक कार्यतालिका संशोधन गरिएको थियो। भदौ १८ मा निर्धारण गरेको समयमा वडा अधिवेशन एकै समय हुन नसकेपछि किस्ता-किस्तामा गरिएको थियो। प्रदेश २ का ८ जिल्लासहित बाँके, सुर्खेत, रसुवा, डोल्पा र कैलालीको वडा अधिवेशन हुन सकेको छैन। रौतहट, बारा र रसुवाको क्रियाशील सदस्यता अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन। 

पदाधिकारीको अयोग्यताले पार्टी अवैध हुने अवस्थामा पुगेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाए। मूल नेतृत्वले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलले दल नै अवैध हुने अवस्था आएको उनले प्रतिक्रिया दिए। केही जिल्लाको क्रियाशील सदस्यता नटुंगिनु नेतृत्वको चरम अक्षमता र लापरवाही रहेको उनले बताए। ‘महाधिवेशनको मिति फेरि पनि नसार्न म नेतृत्वलाई चेतावनी दिन चाहन्छु’, उनले भने। 

हिमाली २१ जिल्लाको अधिवेशन दशैंअघि गरिसक्ने कांग्रेसका शीर्ष नेताको बैठकको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन।

हालसम्म १३ जिल्लाको अधिवेशन सकिएको छ। मनाङ, मुस्ताङ, गोरखा, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, दोलखा, कालीकोट, हुम्ला, रुकुमपूर्व, बाजुरा र बझाङ जिल्लाको अधिवेशन सकिएको छ। २१ हिमाली जिल्लाध्ये अधिवेशन हुन नसकेका आठ जिल्लामा सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, दार्चुला, धादिङ र म्याग्दी छन्। रसुवाको क्रियाशील सदस्यता टुंगिएको छैन भने सिन्धुपाल्चोकमा ३ वडामा अधिवेशन रोकिएको छ।

यसअघि तोकिएको कार्यतालिका प्रभावित भएपनि नयाँ तालिका सार्वजनिक गरिएको छैन। दशैंलगत्तै केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यतालिका सार्वजनिक गरिने शीर्ष तहमा सहमति बनेको थियो। तर, केन्द्रीय समितिको बैठक डाक्ने कुनै पहल भएको छैन। बैठक आयोजना नभएसँगै नेताहरु जिल्ला दौडाहमा लागेका छन्।

कांग्रेस सभापति देउवाले नयाँ कार्यतालिकाको सम्पूर्ण अधिकार निर्वाचन समितिमा रहेको बताएका छन्। वर्षा प्रभावित सुदूरपश्चिम पुगेर फर्कने क्रममा धनगढीमा आयोजित पत्रकार सम्लेनमा उनी निर्वाचन समितिले तोके अनुसार अधिवेशन हुने भन्दै पन्छिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वघोषित तालिका अनुसार अधिवेशन भएको भए कांग्रेस यतिबेला प्रदेश अधिवेशनको तयारीमा हुने थियो।

कांग्रेस नेता अर्जुनरसिंह केसी पनि महाधिवेशन मंसिरमा नहुने संकेत देखिएको बताउँछन्। उनको माग छ, ‘पटक-पटक महाधिवेशनको मिति सार्ने पक्षमा हामी छैनौं। तोकिएकै मितिमा महाधिवेशन हुनुपर्दछ।’

स्थानीय तहको निर्वाचन नजिकिएकाले महाधिवेशन छिटो गर्न कांग्रेसभित्र आवाज उठेका छन्। ढिलोमा वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले चुनावको मुखमा अधिवेशन गर्दा आन्तरिक द्वन्द्व बढ्ने बुझाइ नेताहरुमा छ। पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाले उत्पन्न हुने वैमनस्यता स्थानीय चुनावमा देखिने डर पार्टीभित्र छ। पार्टी पराजय हुने आशंकाले कतिपय नेताले महाधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्नुपर्ने तर्क पनि राखेका छन्। सभापति देउवानिकट नेता मीन विश्वकर्माले मंसिरमा तोकिएको मिति दुई महिना पर सर्ने बताए। माघको दोस्रो साता भन्दा पर मिति नसर्ने उनले दाबी गरे।

महाधिवेशन नगरी पार्टी निर्वाचनमा जानै नसक्ने तर्क राख्छन् नेता गगन थापा। निर्वाचन आयोगले दल दर्ताको आव्हान गर्दा १३औं महाधिवेशनको कार्यसमितिलाई नचिन्ने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘चुनावअघि महाधिवेशन भएन भने कांग्रेसको वैधानिकता नै रहँदैन। चुनाव होला, अधिवेशन नहोला, भन्ने कहिलेकाहीँ सुनिन्छ। त्यस्तो होइन’, थापाले भने, ‘अधिवेशन नै नभए त कांग्रेसको वैधानिकता नै सकिन्छ।’ २/४ दिन महाधिवेशनमा तलमाथि हुनसक्ने बताउँदै थापाले निर्वाचनअघि महाधिवेशन हुने ठोकुवा गरे। 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्