काठमाडौं– सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भएको हो।
आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६ सय मा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
दशैैं सकिए लगत्तै सुनको मूल्य लगातार बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।