काठमाडौं– एलिना चौहान पछिल्लो समयकी चर्चित गायिकामध्येमा पर्छिन्। आफ्नो फरक किसिमको गायनका कारण चर्चित छिन् उनी।
निशान भट्टराईसँगको ‘के माया लाग्छ र’, हेमन्त रानासँगको ‘ए मेरो असफल मायालु’, ‘हावामा फैलियो मधुरो गीत’ जस्ता चर्चित गीतमा स्वर दिइसकेकी छिन् उनले।
चौहानले तिहारको छेको पारेर तिहार विशेष गीत ल्याएकी छिन्। ‘मेरो प्यारो भाइ’ बोलको गीत यो वर्षको तिहारका लागि एलिनाले ल्याएकी हुन्।
दिदीले भाइलाई सम्बोधन गर्दै गाइएको गीतमा संगीत र शब्द लेखु सहयात्रीको रहेको छ। संगीतको एरेन्ज बिशन आचार्यले गरेका छन् भने मिक्सिङ सजन शाहले गरेका छन्।
चौहानसँगै स्मारिका ढकाल, समारिका ढकाल, प्रतिक सुनुवार र सुगम श्रेष्ठ फिचर्ड म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। प्रकाश खड्काले खिचेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।